Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

धनकुटामा पक्राउ परेका १८ जना पहिचानवादीहरु छुटे

ओलीलाई दुव्र्यावहार गर्ने महेश राईलाई स्थानिय प्रशासनले छोडेन

  •   ५ महिना अघि | १ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको लेगुवा र सिधुवा वजारबाट पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकर्ताहरुलाई स्थानिय प्रशासनले आईतवार विनाशर्त रिहाई गरेको छ । 

उनीहरुलाइ विना कारण स्थानिय प्रशासनको ठाडो आदेशमा गएको वुधवार लेगुवा स्थित् रामवजारवाट ९ जना र छथरजोरपाटीको सिधुवावजारबाट ९ जना गरी १८ जना पहिचानवदाीहरुलाई प्रहरीले बसी राखेको ठाउँबाट पक्राउ गरेको थियो । प्मुख जिल्ला अधिकारी पून्य विक्रम पौडेलले पक्राउ परेका पहिचानवादीहरुलाई विना धरौटी कुनै शर्तनामा नराखी छाडिएको वताए । प्रजिअ पौडेलले लेगुवा वजारबाट दुव्र्यावहार गरेको आरोपमा पक्राउ परेका महेश राई भने केहि दिन पछि मात्र छुट्ने वताए । उनले पक्राउ परेका १८ जना भन्दा महेश राईको घट्ना र मुद्धाको विषय फरक भएकाले आवश्याक अनुशन्धानको लागि केहि दिन लाग्ने वताए । 

तर, पहिचानवादीहरुले भने प्रहरीद्धारा मंसिर २८ गते पक्राउ गरेको महेश राईलाई पनि आजै रिहाईको माग गरेका थिए । कानूनी प्रक्रिया र मुद्धाको मिसिल फरक ढंगले उठाउनु पर्ने भएकाले पनि एक दुई दिन लाग्ने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख पून्यविक्रम पौडेलले जानकारी दिएका छन् । रिहाई हुनेहरुमा धनकुटा जिल्ला कियाचु अध्यक्ष कमलसिं लिम्वु, यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राई, किराँत राई यायोखा पाख्रीवास नगर अध्यक्ष जितेन्द्र मामपाङ्ग, प्रदेश नं.१ पुनःनामांकन संघर्ष समिति संखुवासभाका संयोजक बिरेन्द्र छारा राई, यायोखा संखुवासभा जिल्ला सचिव उमाकुमारी राई, पनिल कुलुङ, करविर कुलुङ, जुद्ध राई, सोकुल राई रहेका छन् । 

त्यसैगरी धनकुटाको सिधुवाबाट पक्राउ परेर आईतवार रिहाई हुनेहरुमा तेह्रथुम जिल्लाका पहिचानवादीहरु सूर्यमादेन, शंकर खेवा, नगेन साँवा, उदयदिप सम्वाहाम्फे, वोद्धराज लिम्वु, फौद्ध तुम्खेवा, दिपक लिम्वु, रुपेश लिम्वू, योगेन्द्र साँवा लिम्वू रहेका छन् ।

धनकुटाको लेगुवा र सिधुवामा एमालेको संकल्प अभियानलाई अवरोध गर्न खोजेको भन्दै १९ जनालाइ प्रहरीले वुधवार र विहिवार नियन्त्रणमा लिएको थियो । अध्यक्ष केपी ओलीलाई स्वागतको लाइनमा बसेर अभद्र व्यवहार गरेका स्थानिय महेस कुमार राइ सहित पहिचानवादीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आशंकामा पक्राउ गरिएको थियो।

स्थानिय प्रहरी प्रशासनले हिरासतमा राख्दा हदैसम्म अमानविय व्यवहार गरेको भन्दै धनकुटाको सिधुवाबाट पक्राउ परेका पहिचानवादी नेता सूर्यमादेनले गुनासो गरे । हामीले सिधुवामा एमालेको कार्यक्रम विथोल्ने गरी केही पनि नगरी वसी रहँदा पनि प्रहरीले अपहरणको शैलीमा विना कसुर पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

रिहाई पछि पहिचानवादीहरुले जिल्ला प्रशासन कार्यालय धनकुटाको मुलगेट देखि स्थानिय मदनचोकसम्म ओली विरुद्ध नारावाजी गरेका थिए । मदनचोकमा उनीहरुले कोणसभाको आयोजना समेत गरे । आयोजित कोणसभालाई कोशी प्रदेश पुनः नामंकन संघर्ष समिति धनकुटाका संयोजक संजय सन्तोषी राई, संखुवासभाका संयोजक विरेन्द्र खारा राई, धनकुटा सह–संयोजक सरकुमारी आठपहरिया, तेह्रथुम जिल्लाका पहिचानवादीहरुका प्रतिनिधि नरयणमान गुरुङ्ग लगायतले सम्वोधन गरेका थिए । उनीहरुले एकै श्वरमा भने–‘कोशी नाम खारेज नहुन्जेलसम्म निरन्तर पहिचानको आन्दोलन संचालन भैरहने दावी गर्दै स्थानिय प्रशासनलाई चेतवानी दिन्छौं ।’ 


  • Dhankutapress

थप