धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष गुरु बरालले मुलुकको आर्थिक समृद्धिको यात्रामा अगाडि बढाउनका लागि नेकपा एमाले नै सक्षम रहेको बताएका छन् ।
एमाले धनकुटाको तेस्रो पूर्ण बैठक तथा वृहत पार्टी प्रवेश कार्यक्रमको सोमवार उद्धघाटन गर्दै उपाध्यक्ष बरालले आर्थिक रुपले संकटमा फसेको मुलुकलाई एमालेले निकास दिने बताए । उनले अब मुलुक हाँक्ने पार्टी भनेको नेकपा एमालेको विकल्प नभएको दाबी गरे । समाज परिवर्तनका लागि स्वच्छ राजनीतिको आवश्यकता पर्ने बताउँदै उपाध्यक्ष बरालले भने–‘राजनीतिसँग जनताको असन्तुष्टी भ्रष्टाचार, अनियमितता, व्याभिचार र ढिलासुस्ती आदिसँग रहेको छ ।’ उनले यस्लाई नेकपा एमाले चिर्न सक्नु पर्छ ।
उनले हिजो आन्दोलनमासंगै भएका नेता कार्यकर्ताहरु एकिकृत समाजवादी, जसपा लगायत फरक पार्टीका नव प्रवेसी साथीहरु यो एमाले पार्टीको मुल प्रवाहमा सामेल भएको भन्दै हार्दिक स्वागत तथा सम्मान व्यक्त गरे । नेकपा एमालेमा विभिन्न पार्टीबाट नेता कार्यकर्ता प्रवेश गर्नु भनेको धनकुटाको इतिहाँस बनाउनु रहेको वरालले दावी गरे । उनले नेकपा एमालेको अठोट्मा जो सामेल हुनु भएको छ, हिजो जे जस्तो नतिजा आएको भएपनि जो जहाँ रहेर काम गरेको भएपनि र एक अर्कामा आरोप प्रत्यारोप गरेको भएपनि तेश्रो विस्तारित वैठकले विगतका घाउहरु मेटाउने बताए ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले एमालेको राष्ट्रिय संकल्प र मिसन ८४ पुरा गर्ने यात्रा कोशी प्रदेशको धनकुटा जिल्लाबाट सुरु भएको बताए । उनले धनकुटामा नयाँ पार्टीका नेता कार्यकर्ता प्रवेस अभियानले देशभर उत्साह ल्याउने बताउदै राष्ट्रिय संकल्प र मिसन ८४ पुरा गर्न जिल्ला, पालिका र टोल हुँदै घर–घरमा पुग्ने योजना बनाएको जानकारी दिए । मुलुकको अग्रगमनका लागि ठुला दलहरु एमाले र कांग्रेस मिलेर सरकार चलाएको भन्दै राईले ०८४ पछि एमाले एक्लैले सरकार चलाउन सक्ने हैसियत बनाउने दावी गरे ।
कार्यक्रममा जसपा नेपाल धनकुटाका पूर्व जिल्ला अध्यक्ष तथा राष्ट्रिय भूमि आयोग धनकुटाका अध्यक्ष बलबहादुर राई लगायतका ५ दर्जन नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । राईसँगै जनता समाजवादी पार्टी (अशोक राई) का केन्द्रिय सदस्य धर्मराज चाम्लीङ, साँगुरीगढी गाउँपालिका अध्यक्ष लिलाराज लावती, नेकपा (एस) का दिपेश राई, डा. गोपालबहादुर भट्टराई सहित अन्य विभिन्न पार्टी परित्याग गरेर करिब ८० जना भन्दा वढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमालेका उपाध्यक्ष बराल, स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राई, धनकुटा इन्चार्ज राजेन्द्र राई लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
- dhankutapress