Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

यातयात कार्यालय धनकुाटका प्रमुखलाई मोसो दलेर दुव्र्यवहार

  •   ४ वर्ष अघि | ११ माघ २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइटेँल शर्मालाई नेकपा बहुमत पार्टीका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दली दुव्र्यवहार गरेका छन् ।

आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम ननिकाली दिएको आरोपमा लुइँटेललाई आफ्नो कार्यकक्ष भित्र पसेर कालो मोसो दली दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमत पार्टीका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुव्र्यवहार गरेको प्रहरीको भनाइ छ ।

मोसो दलेर दुव्र्यवहार भएको सुचना पाएपछि पुगेको प्रहरीले आरोपितको फेला नपारेको र खोजि भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । मोसो दलिएको ठाउँबाट नेकपा बहुमत पार्टीको पर्चा फेला परेको छ । मोसो दल्नेको पहिचान भएर पनि फेला नपरेपछि खोजी कार्य भैरहेको एस्पी अधिकारीले जानकारी दिए ।


  • Dhankutapress

थप