Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सन्दर्भ : ३५ औं परिषद दिवस उत्तरपानी वहुप्राविधिक शिक्षालय धनुकटा

‘बोलि खाने हैन, गरी खाने’ जनशक्ति उत्पादन गर्नु पर्छ–उपकुलपति पोख्रेल

  •   ४ वर्ष अघि | १४ फाल्गुन २०७९, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/मनमोहन प्राविधिक विश्व विद्यालय मोरङका उपकुलपति डा.सुवास श्री पोख्रेलले ‘बोलि खाने हैन, गरी खाने जनशक्ति’ आजको आवश्याक्ता रहेको औल्याएका छन् । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद उत्तरपानी बहुप्राविधिक शिक्षालय धनकुटाले ३५ औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको सप्ताहव्यापी विविध कार्यक्रमको समापन कार्यक्रमलाई सनिवार सम्वोधन गर्दै डा.पोख्रेलले यस्तो वताएका हुन् । 

सो अवसरमा उनले भने–‘मनमोहन प्राविधिक विश्व विद्यालय मोरङ्गमा उत्तरपानी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद उत्तरपानीसंग डिप्लोमा पढ्नको लागि सिटिभिटीको कोटा छुट्याउन तत्काल सम्झौता हुन्छ ।’ उनले भौतिक पुर्वाधारको हिसावले केही उपुग भए पनि क्षेत्रफलको हिसावलले ८ सय ६५ रोपनी भन्दा वढी जग्गा रहेको उत्तरपानी प्राविधिक शिक्षालय धनकुटामा बाली विज्ञान र कृषिको स्नातक तहको कार्यक्रम संचालन गर्न विश्व विद्यालयले सहयोग गर्ने वताए । शिक्षालयका सहायक प्रशिक्षक सोम रानाले पशु स्वास्थ्य व्यवस्थापन सम्वन्धि विद्यार्थिहरुको लागि अत्यान्तै उपयोगी पुस्तक प्रकाशन गरेको भन्दै प्रशंसा गर्दै धन्यवाद् दिए । 

त्यसैगरी धनकुटाका प्रमुख जिल्ला अधिकारी एवं शिक्षालय संचालक समितिका अध्यक्ष लिला कुमारी के.सीं पाण्डेले उच्चतम उत्पादन दिन सक्ने र योगदान गर्न सक्ने अवस्थामा उत्तरपानी प्राविधिक शिक्षालय रहेको दावी गरिन । उनले भने–‘हालसम्म उत्तरपानी शिक्षालयले कति जनशक्ति उत्पादन गरेर देशको लागि योगदान ग¥यो भन्ने लखाजोखा र मूल्याङ्गकन हुनु पर्छ ।’ उनले सिटीभिटीलाई थप गतिशिल वनाउनु पर्नेमा जोड दिएकी थिइन । त्यसैगरी भेटिरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले उत्तरपानी प्राविधिक शिक्षालयमा हरेक किसानका छोराले वाली विज्ञान र पशु विज्ञानमा निःशुल्क पढ्न पाउने व्यवस्था गर्नुमा जोड दिए । उनले अहिले पनि दुरदराजको के कुरा गर्नु ? धनकुटा÷तेह्रथुम जस्तो सुगम जिल्लामा समेत पशु तथा कृषि प्राविधिकहरुको अभाव रहेको औल्याए । 

सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा वोल्ने अधिकांश वक्ताहरुले सिटिइभिटीले दिने शिक्षा भनेको ‘बोलि खाने नभएर, गरिखाने शिक्षा’ भएको वताएका छन् । प्राविधिक शिक्षाले वेरोजगार वस्न नपर्ने, जस्ले मिहेनत गरेर पढ्छ, उस्ले आफु र  आफ्नो परिवारको भविश्यको जग चाँडै बसाउने वक्ताहरुको ठहर थियो । 

कार्यक्रममा उत्तरपानी वहु प्राविधिक शिक्षालयका सहायक प्रशिक्षक सोम राना मगरले प्रकाशन गरेको पशुपालन व्यवस्थापन सम्वन्धीको उपयोगी पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि सुवास श्री पोख्रेल, प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी.(पाण्डे), शिक्षालय प्रमुख शंकरदेव कोईराला, प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद प्रदेश नं.१ का निर्देशक नवराज कोईराला, धनपा वडा नं.१० का वडाध्यक्ष नगेन्द्र पाण्डे, भेटिरिनरी तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गाना, कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना,उत्तरपानी वजार व्यवस्थापन समितिका अध्यक्ष गजम घिसिङ तामाङ, समाजसेवी धनवहादुर मोक्तान तामाङ लगायतले संयुक्त रुपमा गरेका थिए ।  

सप्ताहव्यापी कार्यक्रमको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विजेता छात्र–छात्राहरुलाई पुरस्कार, मेडल तथा प्रमाण समेत सो अवसरमा प्रदान गरिएको थियो । प्रतियोगितामा (छात्रा) तर्फ १८ महिने प्रि–डिप्लोमाको ०७८/७९ को ग्रुप प्रथम भएको थियो भने डिप्लोमा प्रथम सेमेस्टरको ग्रुप दोश्रो भएको थियो । महिला भलिवल तर्फ प्रि डिप्लोमाको ०७८/८० को ग्रप प्रथम भएको थियो भने  प्रि डिप्लोमाको दोश्रो व्याज द्धितिय भएका थिए । त्यसैगरी पुरुष फुटवल (छात्र) तर्फ प्रि डिप्लोमाको ०७९/८० को ग्रुप प्रथम भएको थियो भने प्रि डिप्लोमाको ०७८/८० को ग्रुप दोश्रो भएको थियो । त्यसैगरी पुरुष तर्फको भलिवल तर्फ डिप्लोमा प्रथम सेमेस्टरको ग्रुप प्रथम भएको थिए भने प्रि डिप्लो ०७९/०८० को ग्रुप दोश्रो भएका थिए ।  

त्यसैगरी हाजिरी जवाफ प्रतियोगिता र म्यूजिकल चियर प्रतियोगितामा प्रथम र द्धितिय हुने प्रतियोगिलाई पनि पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी आ.व.०७८/०७९ मा राम्रो काम गरेर उत्कृष्ठ हुने एक कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।  त्यसैगरी डिप्लोमा प्लाण्ट साईन्स प्रथम वर्षबाट दोश्रो वर्षमा प्रवेश गर्दा उत्कृष्ठ अंक ८०.२ प्रतिसत ल्याई प्रथम हुने मनिता आले मगर र डिप्लोमा प्लाण्ट साइन्स दोश्रो वर्षबाट तेश्रो वर्षमा प्रवेशश गर्दा उत्कृष्ठ अंक ८८.२ प्रतिसत ल्याई प्रथम हुन सफल रेला धमलालाई प्रमाणपत्र र नगद पुरस्कारले पुस्कृत गरिएको थियो । 

सो कार्यक्रममा शिक्षालयका वि.सं.०४५ सालका प्रथम व्याजी विद्यार्थि एवं कृषि विकास वैंकका अवकास प्राप्त ऋण अधिकृत पाख्रीवास नगरपािलका वडा नं.१० दाङ्गसिङ्ग घर भएका अमृत राईलाई दोसल्ला ओडाएर प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी शिक्षालयमा लामो समयसम्म सेवा गरेका अवकास प्राप्त सहायक प्रशिक्षक चन्द्र ठाडा मगर, कार्यालय सहयोगी जगत श्रेष्ठ, आईतसिं तामाङ, राजेन्द्र दाहाल र भिम चर्माकारलाई पनि दोसल्ला ओडाएर प्रमाणपत्रले सम्मान गरिएको थियो । 

विजेता छात्र/छात्रा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डा.पोख्रेल, शिक्षलयका प्रमुख शंकर कोईराला, प्रजिअ लिला कुमारी के.सी. (पाण्डे) लागयतले पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षालयका प्रशिक्षक डा.प्रतिक्षा यादवले गरेका थिए भने कार्यक्रमको संचालन पशुतर्फका सहायक प्रशिक्षक सोम राना मगर र प्रकास अर्यालले गरेका थिए । कार्यक्रममा शिक्षालयमा विभिन्न तहमा अध्ययनरत छात्र–छात्राहरुले जुनि काट्छौं भन्थिेउ म सित भन्ने बोलको गितमा नृत्य, किराँत राई जातिले देखाउने साकेला नृत्य र हुम्ला जुम्ला तिर गाईने ठाडी भाकाको गित गाएर प्रश्तुती दिएका थिए  । 

अन्य तस्विरहरु  :



  • Dhnakutapress

थप