धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/नेपाल प्रेस युनियन धनकुटाको सनिवार सम्पन्न १० औ जिल्ला अधिवेशनले यूवा पत्रकार विनोद घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्ष हरि वहादुर लम्जेल, उपाध्यक्ष आकृति राई, सचिवमा शर्मिला राई, सह–सचिव मिङ्गमा ल्हामु शेर्पा र कोषाध्यक्षमा शारदा सन्तोषी राईलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा सुनिता राई, सुनिल विश्वकर्मा, चाँदनी राई, मुलुकमान राई, विजयशेखर श्रेष्ठ, भीष्मा राई, धनबहादुर परियारलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष घिमिरेले वताएका छन् ।
सो अवसरमा सहिद भीमनारायण यूवा पत्रकारिता पुरस्कार–२०८० बाट धनकुटाका जल्दावल्दा यूवा पत्रकार हरिवहादुर लम्जेल पुरस्कृत एवं सम्मानित भएका छन् । उनलाई नेपाल प्रेस युनियन धनकुटा शाखाले १० औं जिल्ला अधिवेशनको अवसर पारेर अन्नपूर्णकर्मी लम्जेललाई नगद ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरेको हो।

- Dhankutapress