Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

विपद् व्यववस्थापन सम्वन्धि सरोकारवालाहरुसंग धनकुटामा छलफल

  •   २ महिना अघि | २३ जेष्ठ २०८१, बुधबार

पञ्चमाया तामाङ

धनकुटा/धनकुटामा दैवी प्रकोपबाट हुने सक्ने सम्भावित क्षति कम गर्न, प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी सामुदायिक विपद् व्यवस्थापनका विषयमा सरोकारवालाहरुसंग मंगलवार छलफल गरिएको छ ।  

जिल्ला विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन अभ्यास मनसुन–४ लाई आधार मानेर सुरक्षा निकायको तिनै वटा टोलीले दैवी प्रकोपबाट हुने सक्ने सम्भावित क्षति कम गर्न, प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी हालसम्म गरेको र आगामी दिनमा हुन सक्ने विपतिको सामना कसरी गर्ने भन्ने विषयमा प्रश्तुती गरिएको हो । सरोकारवालाहरुसंग छलफल जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा नेपाली सेना भीमदल गण धनकुटाले संचालन गरेको हो । 

छलफलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, जिल्ला स्वासस्थ्य कार्यालय, डिभिजन बन र विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिलगायतले तयारी र उद्धारका सम्वन्धमा आ–आफ्नो प्रश्तुती राखेका थिए । नेपाली सेनाको भीमदल गण सल्लेरी धनकुटाले जिल्ला विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन अभ्यास मनसुन–४ लाई संचालन गरेको थियो । 

वर्खायाममा बाढी, पहिरो र आगलागीको सम्भावना रहेकाले उक्त विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी स्वरुप सरोकारवालाहरुसंग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी एंव जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक पून्यविक्रम पौडेलले बताए । उनले धनकुटाका सातै स्थानीय तहहरुलाई विपद् व्यवस्थापनको तयारीमा जुटन् आह्वान समेत गरेको छन् । सो अवसरमा भीमदल गण सल्लेरीको बाउन्ड्री भित्र विभिन्न प्रजातिका वृक्षरोपण कार्य समेत संचालन गरिएको थियो । 

  • dhankutapress

थप