Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सवारी दुर्घटना, न्यूनिकरणको लागि ट्राफिक सप्ताह कार्यक्रम

  •   २ वर्ष अघि | ७ असार २०८१, बिहिबार

पञ्चमाया तामाङ

हिले/सडक अनुशासन तथा सवारी दुर्घटना, न्यूनिकरणको लागि ट्राफिक सप्ताह–०८१ को अवसरमा धनकुटाको हिलेमा विहिवार प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

आन्तरिक तथा कानुन् मन्त्रालय कोशी प्रदेश सरकार र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालयको सहयोग तथा सहकार्यमा धनकुटाको हिलेमा सचेतना ¥याली तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको आयोजनामा भएको ट्राफिक सचेतना ¥याली तथा प्रभातफेरी कार्यक्रम हिले विच बजारबाट तोङ्गवाचोक हुँदै होटल कान्जिरोवामा आएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । ट्राफिक सचेतना ¥यालीमा हिले वजारमा रहेका निजि तथा सरकारी विद्यलायका छात्रछात्राहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दसरथ राई, यातयात व्यवसायी दिलकुमार राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले सवारी दुर्घटना हुनुमा सवारी साधनको कण्डिसन, चालक लाईसेन्स वितरण प्रणाली र सडकको अवस्था मुख्य कारण भएको औल्याए । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक श्यामसिङ्ग थारुको अध्यक्षतामा सम्पन्न ट्राफिक सप्ताह उद्धघाटन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा भीमदल गणका गणपति सुमन थापा, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक सुधन भारती, राष्ट्रिय अनुशन्धानका प्रमुख रुद्र गुर्वाछाने, धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङ्गदा थिङ तामाङ, उद्योग वाणिज्य संघ धनुकटाका पुर्व अध्यक्ष एवं हिले वजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्गवा, युवा व्यवसायी फुर्वा घिसिङ, अमित लो तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, व्यापारीहरु, वुद्धिजिवीहरु लगायतको उपस्थिति रेहेको थियो । 

ट्राफिक सचेतना ¥याली पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए ।


  • Dhankutapress

थप