Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पहिचानवादीलाई विनाशर्त नछोडे अशोज ३० गते देखि धनकुटा ठप्प पार्ने चेतावनी

पक्राउ परेकाहरुलाई राजवन्दी सरह हिरासतमा सेवासुविधा नदिएको भन्दै आपत्ति

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/अशोज २५ गते विहिवार पक्राउ परेका राजारानीका तिनजना पहिचानवादीहरुलाई विनाशर्त रिहा नगरे धनकुटा ठप्प पार्ने प्रदेश नं.१ पुनः नामंकन संयुक्त संघर्ष समितिले आइतवार चेतवानी दिएको छ । 

प्रदेश नं.१ पुनःनामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समिति धनकुटाले स्थानिय पत्रकारहरुसंग आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै प्रदेश नं.१ पुनःनामांकन केन्द्रिय संयुक्त संघर्ष समितिका घटक दल राष्ट्रिय जनमुक्ति पार्टीका संघीय अध्यक्ष केपी पालुङ्गवाले यस्तो चेतावनी दिएका हुन् । उनले भने धनकुटाको राजारानीमा अशोज २५ विहिवार पक्राउ परेका मनकुमार याम्फू, बुलुन चेम्जोङ र सानु कुमार लिम्वुलाई विनाशर्त स्थानिय प्रशासनले रिहा नगरे अशोज ३० गते देखि धनकुटा ठप्प पार्ने बताएका हुन् । पालुङ्गवाले पक्राउ परेकाहरुलाई राजवन्दी सरह हिरासतमा सेवासुविधा नदिएको भन्दै प्रहरी प्रशासन माथि आपत्ति जनाएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ–‘विना अभियोग अदालतको आदेश र जानकारी बिना नागरिकको स्वतनत्रपूर्वक वाँच्न पाउँने अधिकारको हन्न हुने गरी पक्राउ गरिएको घट्नाको निन्दा गर्दछु ।’ संघर्ष समिति धनकुटाका संयोजक संजय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा व्यक्तिको मानव अधिकार र गोपनियताको हक विपरित अपहरणको शैलीमा तिनजना पहिचानी कार्यकर्ता पक्राउ पर्नु निन्दनिय रहेको उल्लेख छ । पक्राउ परेका पहिचानवादी यूवा नेताहरु विनाशर्त रिहा नभए स्थानिय प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने विज्ञप्तीमा चेतावनी दिइएको छ ।

प्रदेश नं.१ पुनःनामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समिति धनकुटाका संयोजक संजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघर्ष समितिका केन्द्रिय सदस्य विष्णु थाम्देन, डा.शुक्र वहादुर चेम्जोङ, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, कियाचु धनकुटाका अध्यक्ष कमलसिं तिगेला, सचिव डम्वर खवाहाङ लिम्वू, कोशी प्रदेश नामंकन विरुद्ध गठित चौविसे संघर्ष समितिका संयोजक दिवा चेम्जोङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, पुर्व अध्यक्ष मोहन वान्तावा राई, कियाचु चौविसेका अध्यक्ष तारानन्द चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।  


  • Dhankutapress

थप