Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तरकारी बोकेको गाडी दुर्घटना

बालबाल बच्यो गाडी मालिक र चालकको ज्यान

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/तेह्रथुमको वसन्तपुर देखि तरकारी वोकेर धरान तर्फ आउँदै गरेको महेन्द्र पिकअफ कोशी लोकमार्ग अन्तर्गत धनकुटा हिले सडक खण्डको धनकुटा–६ नाशल चोकमा सोमवार राती दुर्घटना भएको छ ।

प्रदेश १–०२–००२ च ५२८८ नम्वरको महेन्द्र पिकअफ वसन्तपुरबाट तरकारी लिएर सुनसरीको इनरुवा जाँदै गर्दा गाडीको सर्पोट भाँचिएर दुर्घटना भएको ट्राफिक प्रहरी दिपक खड्काले बताए । खड्काले पिकअफ दुर्घटनालाई हेर्दा निक्कै गम्भिर प्रकृतिको देखिएको बताए । स्थानिय दावा शेर्पाको घरको खानेपानीको ट्याङ्गकी अड्याउने स्टेण्डमा नठोकिएको भए सडकबाट १ सय मिटर टाढा दुरीमा तल झर्ने थियो । तर, खानेपानी ट्याङ्गकी सहितको फलामको स्टेण्डमा ठोकिएर थारै गाडी मोडिएर सडकको डिलमा गएर अडिएको ट्राफिक प्रहरीले खड्काले बताएका छन् ।

थोरै सडकको डिल काटेर झरेको भए धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष मिलन नेवाःखड्गीको घरको छानामा क्षति पुग्ने निश्चित थियो भने गाडीका मालिक विनोद थापा र चालक रामको ज्यान पनि खतरामा पुग्ने थियो । 

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.३ डाँडागाउँ घर भएका गाडी धनी विनोदले भने–‘दिन पुगेको रहेनछ, थोरै मात्र गाडीले सडक छाडेको भए हामी दुवैजना वाँच्ने थिएनौं, हामीलाई भगवानले बचाए ।’ दुर्घटनाको कारण घट्ना स्थल नजिकै रहेको टशिदेले होटलको खानेपानीको ट्याङ्गकीमा क्षति पुगेको छ । दुर्घटनाको कारण कुनै पनि मानविय क्षति भने हुन पाएन । 

  • Dhankutapress

थप