Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ताप्लेजुङको नविन्द्र गुरुङको झापामा हत्या

हत्यामा संलग्न तिन जनालाई प्रहरीद्धारा पक्राउ

  •   ४ वर्ष अघि | २४ असोज २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता

बिर्तामोड/ताप्लेजुङको सिदिम्बा गाउपालिका–४ सुरुमखिम घर भई हाल झापा अर्जुनधारा नगरपालिका–११ बसपार्क छेउ बस्दै आएको २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा जिल्ला इलाम इलाम  नगरपालिका–९ स्थायी घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका–११ स्थित रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बषिएय इन्द्र बहादुर अधिकारी , जिल्ला पाँचथर फिदिम नगरपालिका–१२ घर भई सोही होटलमा काम गर्ने २१ बर्षीय को अमृत आचार्य र जिल्ला पाँचथर फालेलुङ गाउपालिका–७ स्थायी घर भई हाल सोही होटेलमा काम गर्ने स्टाफ अमृत आचार्यको श्रीमती २३  बर्षीया  बिमला राई रहेकी छिन् ।

गत असोज १७ गते ताप्लेजुङ इलाम होटलको पहिलो तलामा उक्त होटलका संचालक इन्द्र अधिकारी, होटलका स्टाफ अमृत आचार्य, मृतक नविन्द्र गुरुङ र अर्का एक जना मानिसहरु मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा पैसा हारजितको बिषयलाई लिएर विवाद उत्पन्न भई झै झगडा हुदाँ, होटल संचालक  अधिकारी, होटलका स्टाफ आचार्य र अर्का फरार एक जना मानिसले नविन्द्र गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङगाको लोहोरो र चक्कु प्रयोग गरि हत्या गरेका थिए । 

ढुङगाको लोहोरो र चक्कु प्रयोग गरी टाउकोको पछाडि पट्टिको भागमा पटक पटक र नाकमा समेत प्रहार गरी गम्भिर घाइते भएका गुरुङलाई घटना ढाकछोप गर्न उक्त होटलवाट करिब १५० मिटर टाढा अर्जुनधारा–११ स्थित रहेको कान्तिपुर ड्राइभीङ नेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उतर तर्फ जाने सडक बाटो किनारामा फालिदिएका थिए । गुरुङको शव असोज १८ गते विहानको मृत अबस्थामा फेला परेको थियो ।

घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले  ढुङगाको लोहोरो थान १ , धारिलो हतियार चक्कु थान १ , मृतकको मोवाइल थान १ सहित पक्राउ गरेको हो । उनीहरू माथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको र फरार रहेका एकजनाको खोजी भइहेको प्रहरीले जनाएको छ । 


  • Dhankutapress

थप