Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

माघ १९ गतेसम्म तमोर करिडोरमा यातायात बन्द यथावतः

माग सम्बोधन नभए माघ २० र २१ गते लिम्बुवान बन्द

  •   २ वर्ष अघि | १८ माघ २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको बिरोध गर्दै आईरहेको मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीहरुले १९ गते सनिवार आजसम्म बन्द यथावत रहने जनाएको छ । 

संघर्ष समितिले गत माघ माघ १२ गते साँझ खाजा खान बसिरहेको समयमा अमानविय शैलीले घर घेरी सयौं राउण्ड गोलि चलाएको बिरोधमा ताप्लेजुङसम्म जाने मेची राजमार्ग, तमोर कोरिडोर बन्द गर्दै आईरहेकोमा यथावत रहने जनाएको हो । मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले प्रेस बिज्ञप्ति जारी गर्दै माघ २० र २१ गते अरुणपुर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरेको छ । 

बिज्ञप्तिमा राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी, कुमार लिङ्देन ‘मिराक’ अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा सञ्जय राई मुख्य सचिव रहेको जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति रमेश राई अध्यक्ष रहेको जसपा सम्वद्ध किरात राष्ट्रिय समिति, धन बहादुर पन्धाक अध्यक्ष रहेको प्रदेश नं १ नागरिक उन्मुक्ति पार्टी, भक्त खेवाङ उपाध्यक्ष रहेको नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ अध्यक्ष रहेको प्रदेश नं. १ मंगोल नेसनल अर्गनाइजेसन र गजेन्द्र पालुङवा अध्यक्ष रहेको किरात लिम्बूवान प्रदेश समितिले संयुक्त हस्ताक्षर गरेका छन । यस अघि संघर्ष समितिले ७ बुँदे माग गर्दै बन्द आह्वान गरेको थियो । उनीहरूले केबुलकार निर्माण अनुमति नै खारेजीको माग गरेका छन । कुनै पनि हालतमा केबुलकार बन्न नदिने अडान सहितको बन्द आह्वान गरेको जनाइएको छ । साथै, थप दुई दिने बन्दले सम्बोधन नगरे २०८१ माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवानको ९ जिल्लामा आमहड्ताल घोषणा गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यता तमोर करिडोरमा ४/५ दिन देखिको यातयात बन्द यथावत रहेको मुकुम्लुङ संघर्ष समितिका सुनसरी संयोजक जेण्टल लावतीले बताएका छन् । हरेक दिन धनकुटा र सुनसरीका मुकुम्लुङ संघर्ष समितिका सदस्यहरुले तमोर करिडोरमा यातयात बन्द गरिरहेको लावती जनाएका छन् । उनले मुकुम्लुङ संघर्ष समितिको माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी रहने दावी गरेका छन् । चार दिनयता तमोर करिडोरमा मुकुम्लुङ संघर्ष समितिको आन्दोलनका कारण कुनैपनि सार्वजानिक यातयातको साधनहरु चल्न सकेका छैन ।


  • dhankutapress

थप