Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु

  •   ३ वर्ष अघि | २० जेष्ठ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

थाईलेण्ड/ अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु भएको छ । 

संसार भरको पर्यटक लोभ्याउने दक्षिण एशियाको पर्यटकिय देश थाईलेण्डको राजधानी वैंकक स्थित् हाउहिन ग्राण्ड प्लाजामा शुरु भएको हो । पाँचौं अन्तराष्ट्रिय तामाङ परिषदका संस्थापक अध्यक्ष परशुराम तामाङले विशेष समारोहका साथ समुद्धघाटन गरेका हुन् ।

सम्मेलनमा, नेपाल, थाईलेण्ड, जापन, म्यान्मार, भारत, अमेरिका, कोरिया, हङकङ्ग, वराहिन, पर्चुगल, यूएइ, रोमानिया लगायत विश्वभरका विभिन्न देशमा छरिएर रहेका १८ देशका ६ सय भन्दा वढी तामाङहरु प्रतिनिधि पर्यवेक्षकको रुपमा उपस्थित् भइ सहभागी भएको नेपाल तामाङ घेदुङका संघिय समिति सदस्य विष्णु मोक्तान तामाङले थाइलेण्डबाट जानकारी दिए ।

उद्धघाटन समारोहमा तामाङ जातिको मौलिक साँस्कृतिक पराम्परामा आधारित तम्वाहरुले डम्फू वजाएर, बोन्बोहरु ढ्याङ्गग्रो बजाएर साङ्गसेर्गेम गरेका थिए । त्यसैगरी वौद्ध धर्मका लामा गुरुहरुले अष्टमंगल शान्तीपाठ (टाशीग्यापा) समेत गरेका छन् । सम्मेलनमा मानवशास्त्री डा.मुक्तसिंह लामा, कानुन्विद्ध डा.कुन्साङ योन्जन तामाङ, जापानको लागि पूर्व राजदुत डा.गणेश योन्जन तामाङ लगायत अतिथिहरुको उपस्थिति रहेको छ । 

‘जाम्बुलिङ खोरला जोम्ना ङ्हा, तामाङ रिमठिम तेम्बा ङा’ भन्ने मुल नाराको साथ आयोजना गरिएको दुई दिने अन्तराष्ट्रिय तामाङ सम्मेलनलाई तामाङ गीत संगितमय र मनोरञ्जनमय बनाउनको लागि नेपालबाट तामाङ कलाकार संघका अध्यक्ष, संगीतकार एवंम गायक विश्व दोङ तामाङ, तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष छेवाङ्ग तेन्जिङ लामा, तम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तान तामाङ, मिना लामा लगायत तामाङ राष्ट्रिय कलाकारहरुको प्रश्तुती रहने छ ।

संसारभरका तामाङ प्रतिनिधिहरुले अघिल्लो कार्यकालको समिक्षा गर्नुको साथै आगामी ५ वर्षको लागि अन्तराष्ट्रिय तामाङ परिषदको भावी कार्यदिशा सहित नयाँ नेतृत्व चयन गरिने नेपाल तामाङ घेदुङ संघिय समिति सदस्य विष्णु मोक्तान तामाङले थाईलेण्डबाट जानकारी दिएका छन् छन् । 

  • Dhankutapress

थप