Breaking News
भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||    

धनकुटामा दुई दिने ड्रोन संचालन सम्वन्धी तालिम सम्पन्न

  •   ५ महिना अघि | २५ मंसिर २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता

धनकुटा/ड्रोनको प्रयोग गरेर बन, कृषि, पानीको संरक्षण गर्न योजना तर्जुमा कसरी गर्न सकिन्छ भन्ने उदेश्यले धनकुटामा २ दिने ड्रोन संचालन सम्वन्धी तालिम आइतवार सम्पन्न भएको छ । 

धनकुटामा ०७२ साल देखि संचालनमा रहेको खानेपानीको मुहान निवुवा तांखुवा जलधार क्षेत्रका २५ जना सरोकारवालाहरुलाई यस्तो तालिम दिईएको हो । तालिममा ड्रोनको महत्व, आबश्याक्ता, औचित्य र कसरी प्रयोग गर्न सकिन्छ भन्नेवारे शैद्धान्तिक र प्रयोगात्मक विधिबाट सिप प्रदान गरिएको थियो । 

भौगालिक रुपमा विकट रहेको पहाडी भू–भागमा विपतको बेला उद्धार कार्यमा सहयोग पु¥याउने उदेश्यले तालिम आयोजना गरिएको अर्मले इनोभेसन तथा इसिमोडका प्रतिनिधि नविन भट्टराईले बताए । उनले समुदायमा वाढी पहिरो, आगलागी जस्ता घट्ना घटेर विपत परेको वेलामा औषधी लागायत आवश्याक व्यवस्थापनमा ड्रोनको साहयताले कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेबारे तालिम प्रदान गरिएको बताए । भट्टराईले भने–‘घट्ना घटेको वेलामा वा अन्य जुनसुकै काम गर्दा पनि जोखिमको अवस्था हेरी छिटो, छरितो ढंगले अनुगमन गर्न वा सामाजिक सूरक्षामा सहयोग पु¥याउन ड्रोनको प्रयोग ल्याउने गरी तालिम प्रदान गरिएको हो ।’

धनकुटा नगरपालिकाको साझेदारीमा अर्मले इनोभेसन, होकाइडो यूनिभर्सिटी जापान, ग्लोबल ल्याण्ड प्रोगाम जापान, सेलएप, अपिटेक वाटर एशिया इन्टरनेश्नल र हुसाडेक नेपालको सहयोगमा २ दिने तालिम सम्पन्न भएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । उनले भने–‘प्रविधिको प्रयोग गरेर कृषि, खानेपानीको मुहान संरक्षण, प्राकृतिक विपत्तिको बेलामा तत्काल ड्रोनको सहायताले कसरी उद्धार तथा अनुगमन गर्न सकिन्छ भन्ने उदेश्यले तालिम आयोजना गरिएको हो ।’

धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीको सहजीकरणमा भएको २ दिने तालिममा होकाईडो यूनिभर्सिटी जापनका प्रोफेसर डा.राम अक्तार,डा.दिपक सिंह, अर्मले इनोभेसन तथा इसिमोडका नविन भट्टराई, सेलएपका मनोज भट्टराई, अपिटेक वाटर एसिया इन्टरनेश्नलका प्रतिरोध सुवेदीले तालिम दिएका थिए । दूई दिने तालिमको पहिलो दिन ड्रोन प्रयोगको शैद्धान्तिक पक्ष र दोश्रो दिन प्रयोगात्मक विधिबाट तालिम प्रदान गरिएको थियो ।

दुई दिने तालिममा सहभागी धनकुटा नगरपालिकाका वातरवरण अधिकृत उपेन्द्र खनालले तालिम फलदायी भएको बताए । उनले भने–‘ड्रोनको प्रयोगले योजना अनुगमन, बन डडेलो लाग्दा आगो निभाउन ड्रोनको प्रयोग, हिमताल फुट्दा नदी वा खोलामा वाढी कहाँ आउँदैछ भनेर अनुगमन गर्न नदी तटिय क्षेत्रका वासिन्दालाई सूचना दिन वा उद्धार गर्न सकिने छ ।’ त्यसैगरी निवुवा–तांखुवा जलधार क्षेत्र छथरजोरपाटी धनकुटाका जगत सिंजालीले पनि जीवनमा पहिलो पटक ‘ड्रोन’ को व्यवहारिक रुपमा कसरी गर्ने भन्ने ज्ञान प्राप्त गरेको वताए । उनले भने–‘प्रविधिको प्रयोगले प्राकृतिक वा कृतिम रुपमा आई पर्ने विपत्तिलाई ‘ड्रोन’ को प्रयोगले कसरी उद्धार वा सहयोग गर्न सकिन्छ भन्ने वारे तालिममा सहभागीहरुले ज्ञान पाएका छन् ।’   

  • Dha

थप