Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

‘सुशासनको लागि सुचनाको हक महत्वपूर्ण’

‘जबसम्म महिलाहरु निर्णायक ठाउँमा पुग्न सक्दैन्न, तवसम्म अधिकारवाट वञ्चित भईनै रहन्छन्’

  •   ३ वर्ष अघि | १७ कार्तिक २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/‘सुशासनको लागि सूचनाको हक महत्वपूर्ण’ हुने शुक्रवार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् ।  

राष्ट्रिय सूचना आयोगको आयोजनामा धनकुटामा सम्पन्न ‘सूचनाको हकमा महिला शसीक्तकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो जोड दिएका हुन् । धनकुटा नगरपालिकाका उप–प्रमुख भीमादेवी खनालको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा वोल्दै उप–प्रमुख खनालले भने–‘संविधान कार्यन्वयनको लागि सूचनाको हकलाई महत्वपूर्ण कदमको रुपमा लिनु पर्छ ।’ उनले सूचनाको हक सम्वन्धी कार्यक्रमको प्रभावकाररिता दुरदराजको जनताको लागि महत्वपूर्ण हुने वताए । उनले सूचना आयोगले सूचनाको हक सम्वन्धी कार्यक्रम धनकुटामा आयोजना गरेर यहाँका धेरै महिला दिदिवहिनीहरुलाई  सहभागी हुने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।

राष्ट्रिय सुचना आयोगकी प्रमुख आयुक्त कमला ओली थापाले अन्तरक्रिया कार्यक्रमले धनकुटाका सहभागीहरुलाई सूचनाको हकलाई नजिकवाट वुझ्न सके भन्ने आफूलाई लागेको वताए । थापाले महिलाको इस्यूमा छलफल गर्न, न्याय माग्न सूचनाका हकले मद्धत पु¥याउने विश्वास आफूले लिएको वताईन । उनले कुनै सार्वजानिक निकायले सूचना माग्दा सूचना नदिएको खण्डमा सूचना आयोगमा उजुरी गर्न आग्रह गरे । कार्यक्रमा सहभागी हुने सवैलाई धन्यवाद् दिदै प्रमुख आयुक्त थापाले भनिन्–‘जबसम्म महिलाहरु निर्णायक ठाउँमा पुग्न सक्दैन्न, तवसम्म अधिकारवाट वञ्चित भईनै रहने भएकाले निर्णयक ठाउँमा महिलाहरुलाई पु¥याउनु पर्नेमा जोड दिए । 

अन्तरक्रिया कार्यक्रममा पुर्व प्रदेश सभासदस्य हिमा वस्नेत, प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, धनकुटा नगरपालिकाका प्रम्ख प्रशासकिय अधिकृत दशरथ राई, आयोगका उप–सचिव सन्तोष कुमार दाहाल लगायतले वोलका थिए । अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी महिला, महिला पत्रकारहरु, समाजिक अभियान्ताहरु, धनकुटा नगरपालिकामा कार्यरत विभिन्न विषयगत शाखाका प्रमुख एवं अन्य कर्मचारीहरु, विभिन्न समाजिक संघ संगठनका अगुवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव होम प्रसाद लुईटेलले सूचनाको हक सम्वन्धि कार्यपत्र प्रश्तुत् गरेका थिए । 

  • Dhankutapress

थप