Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धरानमा गर्ने भनिएको कार्यक्रम स्थगित गर्न कोशी प्रदेश नामाकरण विरुद्ध गठित संघर्ष समितिको अनुरोध

  •   ३ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

विराटनगर/प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगन गरेर सामाजिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ । 

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ-‘२०८० साल भदौ ९ गते हिन्दू धर्मावलम्बीहरू धरानमा सहभागी भई जनप्रदर्शन गर्ने भनी सामाजिक सञ्जालहरूमा गरिएको आव्हान र अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्ने भनी गरिएको प्रचारप्रसारले नेपालको बुहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय सद्भावलाई विथोल्न सक्ने, जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भएकोले सबैपक्ष जिम्मेवार र संवेदनशील भई २०८० भदौ ९ गते धरानमा गर्ने भनिएको कार्यक्रम सामाजिक सद्भावको लागि स्थगन गर्न सम्बन्धित सबैपक्षलाई जोडदार आग्रह गर्दछौँ ।’

यस्तो छ, प्रेस विज्ञप्ति :

भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगन गरेर सामाजिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौँ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् संवर्धन गर्ने भनेर नेपालको वर्तमान संविधानको प्रस्तावनामा उल्लेख गरिएको छ ।

नेपालको विविध धर्म संस्कृतिहरूको आ–आफ्नै मौलिक विशेषताहरू रहेका छन् । सोही सन्दर्भमा किरात धर्म संस्कृति अपनाउने समुदायले मौलिक संस्कृति मनाउँदा गोरुको मासु अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ तर धर्मनिरपेक्ष मुलुक नेपालमा अहिले पनि केही ऐन कानुनहरूमा गोरुको मासु प्रयोग गर्न बन्देजको अवस्था रहेको कारण किराँत धर्म संस्कृति अवलम्बन गर्ने समुदायमा असहज परिस्थिति रहेको छ । यसै सन्दर्भमा केही दिन अगाडि सामूहिक भोजनमा गोरुको मासु प्रयोग गरिएको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको सन्दर्भमा पक्ष विपक्षमा भइरहेको टिकाटिप्पणी र गतिविधिहरूप्रति ‘’प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ को तर्फबाट गम्भीर ध्यानाकर्षण गर्दै यो विज्ञप्ति जारी गरिएको छ ।

१. २०८० साल भदौ ९ गते हिन्दू धर्मावलम्बीहरू धरानमा सहभागी भई जनप्रदर्शन गर्ने भनी सामाजिक सञ्जालहरूमा गरिएको आव्हान र अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्ने भनी गरिएको प्रचारप्रसारले नेपालको बुहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भावलाई विथोल्न सक्ने र जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भएकोले सबैपक्ष जिम्मेवार र संवेदनशील भई २०८० भदौ ९ गते धरानमा गर्ने भनिएको कार्यक्रम सामाजिक सद्भावको लागि स्थगन गर्न सम्बन्धित सबैपक्षलाई जोडदार आग्रह गर्दछौँ ।

२. धर्मनिरपेक्ष संविधानमा रहन गएको धर्म सापेक्ष कानुनहरूले भविष्यमा पनि यस्ता खाले परिस्थिति निम्त्याउन सक्ने भएकाले प्रथाजनित कानुनलाई मान्यता दिँदै खानेले खान पाउने र पुज्नेले पुज्न पाउने कानुनी व्यवस्था गर्न विरोधाभाषी कानुनहरू तुरुन्त संशोधन गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।

३. शान्ति र सद्भाव कायम राख्नु हामी सबैको कर्तव्य हो । त्यसैले भदौ ९ गते धरानमा कार्यक्रम हुने नै भएको खण्डमा उक्त कार्यक्रमबाट असहज परिस्थितिको सिर्जना हुन नदिन ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ को तर्फबाट हजारौँको सङ्ख्यामा ‘पहिचानका लागि युवा’लाई स्वयम् सेवकको भूमिकामा सहभागी गराइने जानकारी सहित जिम्मेवारपूर्ण ढङ्गले भूमिका निर्वाह गर्न  ‘पहिचानका लागि युवा’ दस्तालाई अनुरोध छ ।

४. धरानमा धार्मिक द्वन्द्व निम्त्याउने नियतले २०८० भदौ ९ गते लड्ने भनी सामाजिक सन्जालबाट चुनौती दिँदै कार्यक्रम आह्वान गरेका हिंसा भड्काउने कार्यक्रम रोक्न नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रशासनले आयोजकसँग समन्वय गरी शान्ति सुरक्षा कायम गरोस् भनी जोडदार माग गर्दछौँ ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर ।

प्रदेश नाम ‘कोशी’ – मुर्दावाद ।

सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् ।

पहिचानको आधारमा प्रदेश नं. १ को – पुनः नामकरण गर ।

२०८० भदौ ८ गते

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)

  • Dhankutapress

थप