धनकुटा प्रेस सम्वाददाता
धनकुटा/लायन्स क्लव अफ विराटनगरले धनकुटा नगरपालिका वडा नं.८ टेकुनालामा रहेको जनता राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत ५० जना छात्र–छात्रालाई विहिबार जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ ।
धनकुटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष रसवहादुर आठपहरियाको प्रमुख आतिथ्यमा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा कक्षा १ देखि ८ सम्मका छात्र–छात्रालाई स्टेसनरी र खेलकुदका समाग्री समेत वितरण गरिएको थियो ।
कार्यक्रममा हरेक छात्र–छात्रालाई न्यानो ट्रयाक सुट, स्टेसनरी अन्तर्गत कपि डटपेन र विद्यालयलाई चेसवोर्ड, लुडो, क्यारेमवोर्ड समेत प्रदान गरिएको थियो । न्यानो कपडा तथा खेलकुद समाग्री वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष रसवहादुर आठपहरियाले धनकुटा नगरको दुर्गम गाउँ टेकुनालामा रहेको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई सम्झेर सहयोग गरेको भन्दै क्लबलाई धन्यवाद् दिए । उनले आगामी दिनमा पनि यसरी नै सहयोग पाईरहने आसा समेत व्यक्त गरेका छन् ।
त्यसैगरी क्लबको तर्फबाट वोल्दै शकुन्तला भट्टराईले अन्तराष्ट्रिय बालदिवसको अवसर पारेर साना–साना बालबालिकाहरुलाई न्यानो कपडा, खेलकुद समाग्री र स्टेसनरी वितरण गरिएको बताईन । उनले गाउँको विद्यालय भएर पनि सफा, स्वच्छ बातवारणमा कक्षा कोठाहरु र विद्यार्थिहरु पनि अनुसाशित पाउँदा ज्यादै खुशि लागेको बताईन । आगामी दिनमा पनि लायन्स क्लबले विद्यालयलाई सम्झने बताईन । लायन्स क्लब अफ विराटनगरका अध्यक्ष विन्दु लाखेको अध्यक्षतामा सम्पन्न न्यानो कपडा एवं खेलकुद समाग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानवहादुर आठपहरिया, विद्यालयका प्रधानाध्यापक शुक्र वहादुर लिम्वू, क्लबको तर्फबाट संगीता श्रेष्ठ, शारादा दाहाल लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयको तर्फबाट शिक्षक शैलेसमान श्रेष्ठले कार्यक्रम आयोजना गरेर विद्यार्थिहरुलाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामाग्री वितरण गरेको भन्दै क्लबलाई धन्यवाद् ज्ञापन गरेका थिए । विद्यालयको तर्फबाट कार्यक्रम आयोजक संस्था लायन्स क्लब अफ विराटनगरलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
- dhankutapress