Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

निःशुल्क स्वास्थ्य शिविर आज देखी शुरु

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/पहुँचविहिनका लागि पहुँच भन्ने मूल नाराका साथ जिल्ला अस्पताल धनकुटामा आईतवार देखि शल्यक्रिया सहितको निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । 

स्वास्थ्य शिविर अमेरिकाको हवाई स्थित अलोह मेडिकल मिसनको प्राविधिक सहयोगमा शुरु गरिएको हो । स्वास्थ्य शिविरको एक समारोहका वीच पूर्व मन्त्री एवं राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लहाकार सुनिलवहादुर थापा र अलोह मेडिकल मिसनका टिम प्रमुख क्लेम्प क्रिष्टोफरले संयुक्तरुपमा उद्घाटन गरे । विशेष गरेर उत्कृष्ठ स्वास्थ्य सेवावाट वञ्चित भएका असहाय र निम्न वर्गका सेवाग्राहीहरुलाई सेवा पु¥याउने उद्येश्यले शल्यक्रिया सहितको स्वास्थ्य शिविरको आयोजना गरिएको हो । 

वृहत शल्यक्रिया सहितको निःशुल्क स्वास्थ्य शिविर मुल आयोजक समितिको आयोजना र सल्भ नेपाल धनकुटाको सह–आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अलोह मेडिकल मिसनका ४२ जना चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले स्वास्थ्य शिविरको आयोजना गर्नुको मुख्य उदेश्य नै पहुँचविहिनहरुलाई स्वास्थ्य सेवा पुग्न सकोस भन्ने उद्येश्यले आयोजना गरिएको बताए । 

यसैगरि अलोह मेडिकल मिसनका टोली प्रमुख डा क्लेम्प क्रिष्टोफरले स्वास्थ्य सेवावाट वञ्चित भएका र सुविधा सम्पन्न स्वास्थ्य सेवावाट विमुख भएका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरिएको बताए । 

छैठौ पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पायल्स, हर्निया, पित्तथैलीमा भएको पथरिया, मुत्रनलीमा भएको पथरिया, दन्त सेवा, आङ्ग खसेका महिलाहरुको उपचार, शरीरका विभिन्न स्थानमा आएका गाठागुठीहरुको उपचार, टन्सिल, थाईराईड लगायतको उपचार गरिनेछ । स्वास्थ्य शिविर असोज १ गतेदेखि असोज १२ गते सम्म जम्मा १२ दिन सञ्चालन हुनेछ । 

  • Dhankutapress

थप