धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/जनता समाजवादी पार्टी धनकुटा जिल्ला सचिवालय सदस्य एवं साँगुरीगढी गाउँपार्टी इन्चार्ज स्व.देव इवाहाङको सम्झनामा सोमवार श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं.२ वुढिमोरङ स्थित् स्व.इवाहाङको आफ्नै निवासमा १० औं दिनको पून्य तिथिको अवसर पारेर जनता समाजवादी पार्टी धनकुटा लगायत विभिन्न सामाजिक संघसस्थाहरुले संयुक्त रुपमा श्रद्धाञ्जली सभा एवं परिवारजनमा समवेदना पत्र हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो ।
स्व. इवाहाङले तत्कालिन बुढिमोरङ गाउँपञ्चायतका प्रधानपञ्च, धनकुटा जिल्ला विकास समिति धनकुटाका उपसभापति, रामनवमी मावि वुढिमोरङका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, इङ्गनाम, इवाहाङ विकास समितिका केन्द्रिय अध्यक्ष, इवाहाङ वंश विकास समितिका संस्थापक उपाध्यक्ष, सप्तकोशी उच्च बाँध सरोकार समिति धनकुटा जिल्ला अध्यक्ष, लेउती जलधार संरक्षण समितिका वरिष्ठ सदस्य लगायत विभिन्न संस्थामा आवद्ध रहेर धनकुटाको लागि योगदान गरेका थिए । पछिल्लो समयमा पहिचानको लागि दत्तचित्त भएर स्व. इवाहाङ जनता समावादी पार्टी धनकुटाका सचिवालय सदस्य एवं साँगुरीगढी गाउँपार्टीको इन्चार्ज भएर जिम्मेवारी सम्हाली रहेका थिए ।
उनै इवाहाङ्गको सम्झनामा आयोजना गरिएको कार्यक्रममा जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति धनकुटाको तर्फबाट कार्यवाहक अध्यक्ष पार्वती राई, पुर्व प्रदेश सभा सदस्य आर्सी तुम्वा, राष्ट्रिय भूमि आयोगका धनकुटा जिल्ला समिति अध्यक्ष बल वहादुर राई, जिल्ला सचिव डम्वर कट्वाल लगायतले संयुक्त रुपमा समवेदना पत्र प्रदान गरेका हुन् । त्यसैगरी जनता समाजवादी साँगुरीगढी गाउँपार्टीको तर्फबाट अध्यक्ष लिलाराज लावती, सचिव सुरेश याम्फू लगायतले समवेदना पत्र स्व.इवाहाङका धर्मपत्नी मुना चोङवाङ, छोरा क्षितिज इवाहाङ लगायत परिवारजनलाई प्रदान गरे ।
त्यसैगरी इवाहाङ वंश विकास केन्द्रिय कार्य समितिको तर्फबाट महासचिव रमेश इवाहाङ, उपाध्यक्ष निर्मला खवाहाङ लिम्वु, सचिव मणी प्रसाद इङ्गनाम लगायतले समवेदना पत्र प्रदान गरेका थिए । कार्यक्रममा लेउती जलधार संरक्षण समितिको तर्फबाट अध्यक्ष बल वहादुर राई, उपाध्यक्ष पुष्पा पोख्रेलले समवेदना पत्र वाचन गरी प्रदान गरेका थिए । भर्तसिं स्मृति कल्याण कोष साँगुरीगढीका उपाध्यक्ष गीता चेम्जोङ र कोषाध्यक्ष सुशिल इवाहाङ लगायतले कार्यक्रममा समवेदना पत्र प्रदान गरेका थिए ।
त्यसैगरी रामनवमी मावि साँगुरीगढी वुढीमोरङको तर्फबाट प्रधानाध्यापक शिव इङ्गनाम लिम्वु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष व्रम्हध्वोज लिम्वु लगायत सम्पूर्ण विद्यालय परिवारको तर्फबाट समवेदना पत्र प्रदान गरिएको थियो । उक्त विद्यालयका पुर्व शिक्षक समेत रहेका स्व. इवाहाङले आफ्नो तर्फबाट विद्यालयलाई २० रोपनी जग्गा समेत प्रदान गरेका थिए ।
यता वौद्धिक समाज धनकुटाको तर्फबाट संस्थाका महासचिव घनश्याम बरालले समवेदना पत्र प्रदान गरेका थिए । त्यसैगरी चौविसे समाज धरान–१३ को तर्फबाट उपाध्यक्ष रेश्मा लिम्वु र सचिव देवेन्द्र थेगिमले समवेदना पत्र प्रदान गरेका थिए । उता राम मावि लेउतीटारको तर्फबाट समवेदना पत्र शिक्षक गुरु चेम्जोङले वाचन गरेका थिए भने शिक्षिका देवी याखा लगायत अन्य शिक्षकहरुले संयुक्त रुपमा प्रदान गरेका थिए ।
समवेदना हस्तान्तरण तथा श्रद्धाञ्जली सभामा पुर्व प्रदेश सभा सदस्य आर्सी तुम्वा, राष्ट्रिय भूमि आयोग धनकुटाका अध्यक्ष बलवहादुर राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष संजय सन्तोषी राई लगायतले स्वर्गिय देव इवाहाङ्गले गरेको योगदानको चर्चा गरेका थिए । सभामा वोल्ने वक्ताहरुले स्व. इवाहाङ्गको निधनले नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा अपूर्णिय क्षति पुगेको औल्याएका छन् । उनीहरुले भनेका छन्–‘भाािषक, साँस्कृति, शैक्षिक एवं राजनीतक अधिकार प्राप्त गरी आर्थिक समृद्धि र समाजलाई रुपान्तरण गरेर अघि वढाउनको लागि इवाहाङले पु¥याएको योगदानको जति चर्चा गरे पनि नपुग्ने बताएका छन् ।’ स्व.इवाहाङका एक श्रमिती, १ छोरा, २ छोरी रहेका छन् ।
अन्य तस्विरहरु :



- Dhankutapress