Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

उद्यमी चौधरीको सम्झनामा शोकसभा सम्पन्न

१ लाख, ११ हजार, १ सय ११ रुपयाँको अक्षयकोष स्थापना

  •   ४ वर्ष अघि | ३ फाल्गुन २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नेपाल पत्रकार महासंघ, धनकुटा शाखाका स–सचिव पुर्णकुमार चौधरी स्वर्गारोहण भएको १२ औं दिनको पुन्यतिथिको अवसर परारेर सोमवार शोकसभा गरिएको छ । 

नेपाल पत्रकार महासंघ, धनकुटा शाखाको आयोजनामा महासंघको सभाहलमा स्वर्गिय चौधरीको सम्झना गर्दै शोकसभा गरिएको हो । वि.सं. २०४५ सालमा जन्मिएका चौधरी गएको माघ १८ गते उपचारको क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३४ वर्षको उमेरमा निधन भएको थियो । उनी न्यून रक्तचाप र युरिन इम्फेक्सन कारण विरामी परेर माघ १८ गते विहान उपचारको लागि प्र्रतिष्ठान झरेका थिए । उनको त्यहि दिन राति १२ वजेर ५७ मिनेट प्रतिष्ठानको इमर्जेन्सी कक्षमा निधन भएको थियो । 

चौधरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाका सचिव समेत हुन् । स्व. चौधरीको १२ औं दिनको पुन्य तिथिमा आयोजना गरिएको शोकसभामा शाखा उपाध्यक्ष विदुर खवासले उनको जीवनी वाचन गरेका थिए । उपाध्यक्ष खवासले भने–‘अविस्मरणिय काम गरेर छोटो उमेरमा धनकुटेलीहरुलाई अमिट छाप छोडेर गएको भन्दै सहभागी माँझ स्वर्गिय चौधरीको  योगदानको स्मरण गराए ।’ 

स्वर्गिय चौधरी धनकुटामा जन्मिएर सानै देखि तिक्ष्ण स्वभावको केही गरौं भन्ने भावना भएको र खाउँखाउ लाउँलाउ भन्ने कलिलो उमेरमा निधन हुँदा धनकुटालाई ठूलो क्षति भएको शोकसभामा सहभागीहरुले चर्चा गरे । मेहनेति, मिजासिलो र जो कसैसंग हँसिलो शैलीमा बोल्ने सधैं प्रगती पथमा लम्किरहने स्वर्गिय चौधरीको निधनले धनकुटाको उद्यमशिलताको क्षेत्रमा अपुर्णिय क्षति पुगेको शोकसभामा वोल्ने वक्ताहरुले ठहर गरेका छन् । 

संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरु, धनकुाटमा रहेका संचारगृहहरुमा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो । उनीहरुले स्वर्गिय चौधरीको तस्विरमा माल्यार्पण समेत गरेका थिए । 

चौधरीका एक श्रीमती मिङ्गमा ल्हामु शेर्पा (मिनु) चौधरी, १ छोरा, १ छोरी रहेका छन् । 

फोनिजको संघिय अध्यक्ष गजुरधन राईद्धारा स्व.चौधरीको परिवारलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता :

स्व.चौधरीको शोकाकुल परिवारलाइ समवेदना प्रदान गर्न (फोनिज) संघिय समिति अध्यक्ष गजुरधन राई, संघिय सदस्य विदुर खवास, प्रदेश अध्यक्ष सन्तवीर लामा, जिल्ला अध्यक्ष विनु चेम्जोङ लगायत चौधरी निवास धनकुटा पुगेका थिए । 

समवेदना प्रकट गर्दै संघिय अध्यक्ष राईले भने–‘स्वर्गिय चौधरीको निधनले सिङ्गगो (फोनिज) लाई क्षति पुगेको छ, यो दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धर्यधारण गर्ने शक्ति प्राप्त होस ।’ उनले (फोनिज) संघिय समिति, प्रदेश समिति र जिल्ला समितिको तर्फबाट स्व.चौधरीको नाबालक छोराछोरी र परिवारको लागि आर्थिक सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरे । उनले तत्काल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तिनै तहमा संघिय समितिबाट वैठक मार्फत सरकुलर गरेर आर्थिक सहयोग जुटाउने अभियान अघि वढाउने वताएका छन् ।  

‘स्व.पुर्णकुमार चौधरी स्मृति पत्रकारिता पुरस्कार कोष’

 नेपाल प्रेस यूनियन धनकुटा शाखाले स्वर्गिय चौधरीको सम्झनामा शोकसभा गरेर १ लाख, ११ हजार, १ सय, ११ रुपयाँ वरावरको ‘स्व.पुर्णकुमार चौधरी स्मृति पत्रकारिता पुरस्कार कोष’ स्थापना गर्न अक्षयकोषको घोषणा गरेको छ । 

संविधान सभा सदस्य एवं निवर्तमान प्रदेशसभा सदस्य लिला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न शोकसभामा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरे, प्रेस यूनियन प्रदेश नं.१ का उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, विभिन्न संचार संस्थाका प्रमुख  एवं प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो । 

सभापति राईले सभालाई सम्वोधन गर्दै भने–‘स्वर्गिय चौधरी अदभूत क्षमताका थिए ।’ राईले स्वर्गिय चौधरीको परिवारलाई सवै धनकुटेली मिलेर बाँचिखाने आधार बनाई दिनु पर्नेमा जोड दिए । 


  • Dhankutapress

थप