Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

यूवा पुस्तालाई रुपान्तरण गर्न प्रदेश स्तरिय स्वयमसेवी अभियान

‘भाईरलयुक्त समाज निर्माण हुँदैछ–यस्लाई चिर्न सक्नु पर्छ’

  •   ३ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून् मन्त्री शम्शेर राईले अहिलेका यूवा पुस्तालाई रुपान्तरण गर्न सवयमसेवी अभियान शुरु गरेको बताएका छन् । 

प्रदेश सरकारको हामी स्वयसेवी अभियानको आयोजनामा धनकुटाको हिलेमा वुधवार देखि शुरु भएको पाँच दिने ‘सामूदायिक विकासका आधारहरुको लागि प्रशिक्षक, प्रशिक्षण कार्यक्रम’ को समुद्धघाटन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । 

कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री राईले भने–‘१४ वटै जिल्लाका स्वमसेवी अभियानका जिल्ला संयोजकहरुलाई एकै थलोमा भेला पारेर तालिम दिनुको मुख्य उदेश्य भनेको यूवा पुस्तालाई रुपान्तरण गर्न नयाँ कार्यक्रम वनाउनु रहेको छ ।’ उनले थपे–‘समाज परिवर्तन गर्न गाह्रो छैन्, पहिला आफू परिवर्तन हुन गाह्रो छ । तसर्थः पहिला समाज परिवर्तन गर्नु भन्दा पहिले आफू परिवर्तन हुन् जरुरी छ ।’ उनले आजको युवा पुस्तालाई सहि मार्गमा हिडाउनका लागि योजना तथा कार्यक्रम बनाउन तालिम आयोजना गरेको स्पष्ट पारेका छन् । त्यसैगरी आन्तरिक मामिला तथा कानून् मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले सानै उमेर देखी बालबालिकालाई सहि शिक्षा दिन नसक्दा देश सामाजिक रुपमा विघटन हुने खतरा वढेको औल्याए । उनले भने–‘आजको यूवा पुुस्ता कतै आगलागी तथा आपत विपद प¥यो भने उद्धार गर्नु भन्दा फोटो भिडियो खिच्न तिर लाग्छन् ।’

पौडेलले थपे–‘आजको पुस्ता इमेल इन्टरनेटमा भूलिएर भाईरलयुक्त समाज निर्माण हुँदैछ, यस्लाई बेलैमा चिर्न सक्नु पर्दछ, अन्यथा अधोगतिमा लाग्छ ।’ उनले संघीय सरकार पुग्न नसक्ने प्रदेशको कुना कन्दाराहरु स्थानिय र प्रदेश सरकार मिलेर पुग्ने प्रतिवद्धताको साथ १४ वटै जिल्लामा कार्यक्रम लाने बताए । 

पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिममा नेतृत्व विकास, दुव्र्यसनमुक्त समाज निर्माण, नैतिक शिक्षा, विपद व्यवस्थापन आदिको विषय सहजीकरण हुने सचिव पौडेलले वताए । तालिमको सहजकिरण आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल, कोशी अञ्चल अस्पतालका डा.हरी खनाल, काउन्सिल्लर सुरज जोशी, आस्था फाउण्डेशनका आस्था राई, मन्त्रालयका प्रवक्ता निश्चल राई, सविन दाहाल, पवन आचार्य लागायतले गर्ने छन् । 

तालिममा अभियानका जिल्ला संयोजक र सम्वन्धित जिल्ला सदरमुकाममा रहेको पालिकाको सामाजिक विकास अधिकृत सहित हरेका जिल्लाको २ जनाको दरले १४ जिल्लाको २८ जनाले भाग लिइरहेका छन् । 

  • Dhankutapress

थप