धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/भारतीय राजदूतावास अन्र्तगत पेन्सन वितरण कार्यालय धरानले धनकुटामा मंगलवार भारतीय भूतपूर्व सैनिकहरुका लागि लाईफ सटिफिकेट वितरण कार्यक्रम आयोजना गरेको छ ।
भारतीय र वेलायती भूतपुर्व सैनिकहरुको जिल्ला शाखा धनकुटाले आयोजना गरेको उक्त कार्यक्रममा पेन्सन वितरण कार्यालय धरानका प्रमुख एवं भारतीय सेनाका सेनानी भरत कनोजियाले उद्घाटन गरेका थिए ।
उद्घाटन मन्तव्यमा सेनानी कनोजियाले भारतीय भूतपूर्व शैनिकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै क्याम्पको आयोजना गरिएको बताए । सेनानी कनोजियाले अवकाश प्राप्त सैनिकहरुका आश्रित परिवार लगायत अन्य सुविधाहरु कसरी प्राप्त गर्न सकिन्छ र त्यसका विधिहरुको वारेमा समेत चर्चा गरेका थिए ।
भारतीय सेना अन्र्तगत भुतपुर्व गोर्खा सैनिकहरुलाई सेवा लिनका लागि पायक होस भन्ने उदेश्यले क्याम्पको आयोजना गरिएको हो । उक्त क्याम्पमा दुई सय ९० जना भूतपूर्व सैनिकहरुलाई लाईफ सटिफिकेट वितरण गरिएको थियो भने २६ जना मरुवा पेन्सनवालाहरुको कार्यान्वयन गरिएको थियो ।
भारतीय र वेलायती भूतपूर्व गोर्खा सैनिक धनकुटा शाखाका अध्यक्ष इन्द्र ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शाखाका सचिव लोकवहादुर लिम्वुले राखेका थिए । यसैगरि कार्यक्रमको सञ्चालन शाखाका सह–सचिव सुरेन्द्र राईले गरेका थिए । कार्यक्रममा भारतीय स्वतन्त्रता दिवसको अवसरमा खेलाईएको भूतपूर्व सैनिक र उनीहरुका परिवार सम्मिलित खेलकुद अन्र्तगत वेडमिन्टन खेलको महिला तर्फका विजेता सीता राई र इन्दिरा राईलाई पुरस्कार वितरण गरिएको थियो ।
- Dhankutapress