Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सात वुँदे धनकुटा घोषणापत्र जारि गर्दै अखिल नेपाल महिला संघको प्रदेश स्तरिय युवा भेला सम्पन्न

१ नम्वर प्रदेशको अध्यक्षमा सुभेक्षा साप्कोटा चयन

  •   ४ वर्ष अघि | १५ साउन २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/साँत वुँदे धनकुटा घोषणापत्र जारि गर्दै अखिल नेपाल महिला  संघको २ दिने प्रदेश स्तरिय युवा भेला तथा अभिमुखिकरण कार्यक्रम धनकुटामा आईतवार सम्पन्न भएको छ । 

अखिल नेपाल महिला संघ १ नम्वर प्रदेश समितिका संयोजक मेनुका काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न २ दिने प्रदेश स्तरिय युवा भेलाले १ नम्वर प्रदेशको अध्यक्षमा झापाका शुभेक्षा साप्कोटालाई चयन गरेको छ । ५१ सदस्सीय प्रदेश समितिको उपाध्यक्षमा कविता वान्तावा राई (मोरङ), सचिवमा दुर्गा गौतम (सुनसरी) उप–सचिवमा सीता बराल (धनकुटा), मनिता पौडेल (उदयपुर) र कोषाध्यक्षमा शुसिला तामाङ (भोजपुर) लाई चयन गरिएको छ ।

भेला तथा अभिमुखिकरण कार्यक्रम समापन भएपछि आयोजित पत्रकार सम्मेलनमा अनेम संघ १ नम्वर प्रदेशका संयोजक मेनुका काफ्लेले ७ वुँदे धनकुटा घोषणापत्र समेत सार्वजानिक गरेका छन् । जारि गरिएको ७ वुँदे घोषणा पत्रमा वर्तमान सरकारले नेपाली जनताको ढाड सेक्ने गरि म्ल्यवृद्धि तथा महँगी वढाएको भन्दै तत्काल नियन्त्रण गर्न वर्तमान सरकारलाई आग्रह गरिएको छ । त्यसैगरी प्रदेश नं.१ को नामकरण ५ वर्ष वित्न लाग्दा पनि हुन नसकेको भन्दै अविलम्व सर्वस्वीकार्य साझा सवैलाई अपनत्व हुने नामकरण गर्न प्रदेश नं.१ सरकारलाई जोडदार माग गरिएको छ ।

आइतवार विहान खोटाङ जिल्ला केन्द्र विन्दु भई भुइचालो गएको र भुईचालोले भोजपुर लगायत विभिन्न जिल्लामा क्षति भई पिडित भएका परिवारलाई तत्काल राहातको वितरण गर्न सरकारलाई माग गरिएको छ । हालै संघिय संसद तथा राष्ट्रियसभावाट पास भई प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पु¥याइएको नागरिकता विधेयक तत्काल संसदमा फिर्ताको लागि माग गरिएको छ । दिन प्रतिदिन यौनजन्य हिंसा शिक्षकहरुबाट छात्रा वा वालवालिकाहरु माथि हुने गरेकाले यस्ता खाले हिंसाको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिएर तत्काल कडा भन्दा कडा कार्वाही गर्न माग गरिएको छ । 

हाल विधुतिय कारोवार ऐनको वर्खिलाप साईवर क्राईमको घट्नाले राजनिति गर्ने महलिाहरु समेत चपेटामा परेकाले यस्ता अपराध तत्काल रोकथाम गर्न सरकार समक्ष माग गरिएको छ । घोषणापत्रको अन्त्यमा अखिल नेपाल महिला संघले १८ देखी ३० वर्ष उमेर समुहका महिला युवाहरुलाई आगामी चुनाव भन्दा अगाडी १५ हजारलाई सदस्यता विस्तार गर्ने भन्दै घोषणा पत्रमा उल्लेख गरिएको छ ।

  • Dhankutapress

थप