Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

ताम्सालिङ प्रदेश निर्माणको लागि प्रदेश नं.१ संयुक्त संघर्ष समिति गठन

संघर्ष समितिको अध्यक्षमा गोम्देन

  •   ९ महिना अघि | २० कार्तिक २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/‘ताम्सालिङ प्रदेश निर्माणको लागि एकजुट हौं’ भन्ने मूल नाराको साथ प्रदेश नं.१ मा आईतवार ‘ताम्सालिङ संयुक्त संघर्ष समिति’ गठन गरिएको छ ।

नेपाल तामाङ घेदुङ संघीय समितिका अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रदेश भेलाले चन्द्र गोम्देन तामाङको अध्यक्षतामा १४ सदस्सीय १ नम्वर प्रदेश स्तरिय ताम्सालिङ संयुक्त संघर्ष समिति नेपाल गठन गरिएको हो । संयुक्त संघर्ष समितिको सदस्य सचिवमा पदम मोक्तान तामाङ र प्रबक्तामा सबीला मोक्तान तामाङलाई चयन गरिएको छ ।

संयुक्त संघर्ष समितिको सदस्यहरुमा हस्त पाख्रीन तामाङ, फूलमाया मोक्तान तामाङ, सन्देश तामाङ, अर्जुन घिसिङ तामाङ, कोपिला घिसिङ तामाङ, प्रेम तितुङ तामाङ, जस कुमार तामाङ, एम कुमार योञ्जन तामाङ, मोहन लोप्चन तामाङ, दुर्गा नेगी तामाङ र विष्णु गोले तामाङलाई चयन गरिएको छ । 

‘ताम्सालिङ’ नै राष्ट्रिय मुक्तिको एक मात्र विकल्प–संघीय अध्यक्ष गोले

समिति गठन गर्नु पुर्व ताम्सालिङ संयुक्त संघर्ष समिति नेपाल गठन गर्नुको औचित्य र संघर्ष समितिको कार्यदिशाको बारेमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दे गोलेले भने–‘तामाङ जातिको लागि ‘ताम्सालिङ’ नै राष्ट्रिय मुक्तिको एक मात्र विकल्प हो ।’ उनले ताम्सालिङ प्राप्तीको लागि मार्गदर्शक सिद्धान्त, कार्यदिशा र आधारशक्तिको वारेमा स्पष्ट पारेका थिए । साथै उनले आदिवासी ज्ञान, प्रविधि, परम्परा र विश्व दृष्ट्रिकोणको वारेमा पनि प्रशिक्षित गराएका थिए । जस अन्तर्गत ताम्सालिङको लागि शान्तिपूर्ण संघर्ष, सडक संघर्ष मार्फत तामाङ जनतामा सत्ताको लागि सत्तामा दवाव सृजना गर्ने, निर्वाचन मार्फत ताम्सालिङ प्राप्तीको लागि पहिचानको विजय प्राप्त गर्न राजनीतिक शक्ति निर्माणका वारेमा सहभागीहरुलाई स्पष्ट पारेका थिए ।

कार्यक्रममा गोलेले प्राचिन नेपालको इतिहाँसलाई हेर्दा किराँती, लिच्छवी, मल्ल र शाहाले शासन गर्नुपूर्व तामाङ जातिले शासन गरेको ईतिहास सुनाए । उनले नेपालमा तामाङ जाति १६ हजार वर्ष पूरानो जाति भएको जीनपरिक्षणबाट पत्ता लागेको प्राचिन जाति ‘तामाङ’ भएको बताए । गोलेले पछिल्लो समयमा शाहावंशिय राजाहरुले तामाङ जातिको राज्य र राजाहरुलाई खक्तम पारेको बताए । 

नेपालमा १६ हजार वर्ष पूरानो तामाङ जाति र ताम्सालिङको इतिहाँस रहेको दावी गर्दै गोले भने–‘नेपाल राज्य भित्र शाहा वंशले शासन गर्नुपूर्व धेरै तामाङ राजाहरुले राज्य गरेका थिए ।’ तसर्थः हाम्रो चाहाना भनेको राष्ट्र–राज्य वनाउनु हो, तर यहाँको एकात्मबादी शासक राज्य–राष्ट्र बनाउन चाहान्छ । प्रशिक्षण कार्यक्रममा तामाङ जातिको पहिचान, राजनीतिक अधिकारसंग जोडिएको ताम्सालिङमुक्ति आन्दोलनका वारेमा अध्यक्ष गोलेले सहजिकरण गरेका थिए । 

त्यसका साथै प्रशिक्षण कार्यक्रममा गोलेले गोर्खा राज्य निर्माण भएपछि अघिको तामाङको अवस्था र त्यस पछिको तामाङको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाका चित्रण गरेका थिए । सो अवसरमा नेपाली समाजको मूल अन्तरविरोध भनेको देश र राज्य भएको टिप्पणी गर्दै गोलेले भने–‘देश वहुजातिय, वहुसाँस्कृतिक र वहुधार्मिक छ । तर, राज्य भने एक जाति, एक भाषा, एकल साँस्कृति र एकल धार्मिक रहेको छ ।’ उनले समग्रमा नेपाल बहुुराष्ट्रिय देश भएको दाबी गरे ।

कार्यक्रमको अन्त्यमा आन्दोनलको चरणहरुको वारेमा पनि स्पष्ट पारिएको थियो । जस्मा अन्तरक्रिया, गोष्ठी, सेमिनार, वहस पैरवी, गाउँ भेला, जागरण कार्यक्रम, प्रशिक्षण, संगठन निर्माण, अभियान, ज्ञापन पत्र, जनदवाव्, अल्टिमेटम र अन्त्यमा संघर्षको माध्यामबाट शक्तिको आधारमा हस्तक्षेपकारी नीति र भिन्नभिन्न रुपका वारेमा स्पष्ट पारिएको थियो । 

नेपाल तामाङ घेदुङ प्रदेश नं.१ को समन्वय, इटहरी घेदुङको स्थानिय व्यवस्थापन र ताम्सालिङ संयुक्त संघर्ष समिति काठमाण्डौंको आयोजनामा प्रशिक्षण तथा प्रदेश स्तरिय भेला सम्पन्न भएको थियो । भेला तथा प्रशिक्षण कार्यक्रममा घेदुङका प्रदेश अध्यक्ष रेखवहादुर घिसिङ, ताम्सालिङ संयुक्त संघर्ष समितिका सदस्यद्धय बावुराम लोप्चन तामाङ, देवराज लामा, नेपाल तामाङ घेदुङका संरक्षक सदस्य मनु मोक्तान तामाङ, लक्ष्मण मोक्तान तामाङ, संघीय समिति सदस्य विष्णु मोक्तान तामाङ, फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा लगायतले संघर्ष समिति निर्माणका वारेमा आ–आफ्नो धारणा राखेका थिए ।   


  • Dhankutapress

थप