धनकुटा प्रेस सम्वाददाता
धनकुटा/हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आउने २५ गते विहिवार धनकुटामा बृहत जनप्रदर्शन तथा पार्टी प्रवेस कार्यक्रम गर्ने जानकारी दिएको छ ।
पार्टीका जिल्ला तदर्थ समितीका अध्यक्ष आकाश राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलन सोमवार कार्यक्रमको बारेमा जानकारी दिएको हो । कार्यक्रमलाई पार्टीका सस्थापक अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ ।
धनकुटा बसपार्कबाट शुरु भएको जनप्रदर्शन तल्लो टुडिखेलमा पुगेर आमसभाको आयोजना हुने बताइएको छ । आमसभा सफल पार्नको लागि श्रम संस्कृति पार्टी धनकुटाले जिल्लाको सातै पालिकामा तिब्र प्रचार प्रसार गरेको पाइएको छ । वृहत प्रदर्शनको कार्यक्रमसंगै पार्टी प्रबेशको समेत कार्यक्रम रहेको श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य सानबहादुर राईले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
- dhankutapress