Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पहिचानी सहिद लाजेहाङको स्मृतिमा श्रद्धाञ्जली सभा तथा सम्मान कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | १० चैत्र २०८०, शनिबार

धनकुटा प्रेस अनलाई्रन खवर सम्वाददाता 

धनकुटा/प्रदेशको नाम कोशी विरुद्ध उठेको पहिचानको आन्दोलनमा सहिद भएको पदम लिम्वू लाजेहाङ्गको स्मृतिमा सनिवार धनकुटामा श्रद्धाञ्जली सभा एवं सम्मान कार्यक्रम आयोजना गरिएको छ । 

किराँत याक्थुङ्ग चुम्लुङ्ग जिल्ला कार्य समिति धनकुटाको आयोजनमा प्रथम पहिचानी सहिद पदम लिम्वू लाजेहाङ्गको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । 

किराँत याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय सदस्य चन्द्रसिंङ्ग नेम्वाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न श्रद्धाञ्जली सभामा कियाचु यूकेका पुर्व सचिव एवं जातियमुक्ति र साँस्कृतिक आन्दोलनका अभियान्ता विश्वासदिप तिगेलालाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । उनलाई किराँत याक्थुङ्ग चुम्लुङ धनकुटाको भवन निर्माणको सहयोग पु¥याएको भन्दै किराँत याक्थुङ्ग चुम्लुङ धनकुटाले दोसल्ला ओडाएर सम्मान गरेको हो । सम्मानित तिगेलाले आफ्ना माता टिकामाया खापुङ्ग तिगेला र बुबा मिल वहादुर तिगेलाको स्मृतिमा कियाचु धनकुटाको निर्माणधिन भवनमा एउटा कोठा निर्माण गरि दिएका थिए ।  

कियाचु जिल्ला सदस्य टंङ्गक तुम्वाहाङ्गको अध्यक्षतमा सम्पन्न श्रद्धाञ्जली सभामा कियाचु केन्द्रिय सदस्य चन्द्रसिं नेम्वाङ्ग, कोशी नाम खारेज गर्न गठित संघर्ष समितिका सह–संयोजक सरकुमारी आपहरिया, कियाचु यूकेका पूर्व सचिव विश्वासदिप तिगेला, किराँत याक्थुङ्ग चु्म्लुङ्गका प्रदेश नं.१ का सदस्य फोनिज प्रदेश अध्यक्ष  सन्तवीर लामा, पुर्व संघीय समिति सदस्य हेमकुमार आङ्ग, जिल्ला सचिव हेमु स्मृति चोङ्गवाङ्ग लगायतले लाजेहाङ्गको योगदानको चर्चा गर्दै श्रद्धाञ्ली व्यक्त गरेका थिए । कार्यक्रमको संचालन कोशी नाम खारेजी धनकुटा जिल्ला संघर्ष समितिका सचिव डम्वर खवावाहाङ्गले गरेका थिए ।

चोैविसेमा पनि श्रद्धाञ्जली सभा सम्पन्न  

त्यसैगरी कोशी नाम खारेज चौविसे गाउँपालिका संघर्ष समितिले पदम लिम्वू लाजेहाङ्गले वीरगति प्राप्त गरेको दिनलाई समझना गर्दै धनकुटाको राजारानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । 

संघर्ष समितिका संयोजक दिवा चेम्जाङ्गको अध्यक्षतामा सम्पन्न लाजेहाङ्ग स्मृतिसभालाई धनकुटा जिल्ला संघर्ष समितिका संयोजक सञ्जय सन्तोषी राई, संघीय लिम्वूवान मञ्च धनकुटाका अध्यक्ष आशिष चेम्जोङ्ग लगायतले सम्वोधन गरेका थिए । कार्यक्रम चौविसे गाउँपालिकाको सदरमुकाम राजारानी वजारमा सम्पन्न भएको थियो । सो अवसरमा कायृक्रममा सहभागीहरुले लाजेहाङ्गको तस्विरमा माल्यार्पण गरेका थिए । 

  • Dhankutapress

थप