Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

  •   २ वर्ष अघि | १२ माघ २०८१, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटाका पत्रकारहरूले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट पत्रकारहरूले धनकुटा–७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११ जना विद्यार्थीहरूलाई स्विटर, टोपी, कपी र कलम प्रदान गरेका हुन् ।

       सदैझै यो वर्ष पनि धनकुटाका एक दर्जन बढी पत्रकारहरूले जिल्ला सदरमुकाममा दुई दिन देउसीभैलो खेलेका थिए । सोही देउसीभैलोमार्फत सङ्कलन भएको रकमबाट विद्यार्थीहरूलाई सहयोग गरिएको हो । सामग्री हस्तान्तरणका लागि बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा देउसीभैलो कार्यक्रमका समन्वयकर्ता एवं पत्रकार महासंघका उपाध्यक्ष रविन कटेलले सङ्कलित रकमलाई सामाजिक काममा खर्च गरौँ भन्ने सोचले विद्यार्थीहरूलाई सहयोग गरिएको जानकारी दिए ।

सो अवसरमा त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलले देउसीभैलो खेलेको पैसालाई सदुपयोग गरेर विपन्न विद्यार्थीहरूलाई सहयोग गरेकोमा पत्रकारहरूलाई धन्यवाद दिए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विदुर खवास, उपाध्यक्ष कटेल, अकोरावका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, फोनिजका निवर्तमान प्रदेश अध्यक्ष सन्तवीर लामा, प्रेस युनियनका अध्यक्ष विनोद घिमिरे, फोनिजका जिल्ला अध्यक्ष मानवी मोक्तान, प्रेस सेन्टरका सचिव विपिन दाहाल पत्रकारहरू कोकिला भण्डारी, जानु तामाङ, प्रमिला घिमिरे, प्रज्वल कटेल लगायतले विद्यार्थीहरूलाई सामग्री प्रदान गरेका छन् ।

धनकुटाका क्रियाशील पत्रकारहरूले हरेक वर्ष देउसीभैलो खेलेर सङ्कलन भएको रकमलाई सामाजिक काममा खर्च गर्दै आएका छन् । उनीहरूले गत वर्ष श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका थिए ।

  • dhankutapress

थप