सन्तवीर लामा
धनकुटा– शहिदभूमी गाउँपालिका वडा नंं.३ का महिला सदस्य वर्ष ४० कि धनमाया राईको उपचारको क्रममा वुधवार विहान विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ ।
लामो समय देखी मधुमेहको विरामले च्यापेका राईलाई पछिल्लो समयमा प्याङ्गक्रियाजको क्यान्सरले थलिएका थिए । उनको उपचारको क्रममा वुधवार विहान ७ वजे निधन भएको शहिभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । नेकपा एमाले जिल्ला कमिटी धनकुटाका पुर्व जिल्ला सदस्य समेत रहेका राईको वुधवार नै किराँत राई जातिको परम्परा अनुसार अन्त्यष्ठी गरिएको गाउँपालिका अध्यक्ष राईले वताएका छन् ।
स्वर्गिय राई शहिदभूमी गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका थिए । उनको पार्थिव शरिरलाई नेकपा एमाले शहिदभूमी गाउँ पार्टी कमिटीका अध्यक्ष नीर वहादुर राई, गाउँपालिका अध्यक्ष मनोज राई उपाध्यक्ष रत्न्श्वरी राई लगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । स्वर्गिय राईको २ छोरा र श्रीमान पुष्पराई रहेका छन् ।
- Dhankutapress.com