धनकुटा प्रेस सम्वाददाता
भोजपुर/भोजपुरका पत्रकार सन्देश किराँतीको
अल्पायुमै निधन भएको छ । केही दिनयता धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानमा उपचाररत किरातीको वुधवार दिउँसो निधन भएको हो ।
नेपाल पत्रकार महासंघ भोजपुर
शाखाका उपाध्यक्ष समेत रहेका किराँती रेडियो भोजपुरका स्टेशन म्यानेजर हुन् ।
किराँती विगत केही देखि दम, सुगर
लगायतका रोगबाट पिडित थिए । उनकी श्रीमती शारदा वम्जन तामाङ पनि पत्रकारिता पेशामा
संलग्न छिन् । तामाङ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति, भोजपुरका अध्यक्ष हुन् ।
पत्रकार महासंघ भोजपुरका अध्यक्ष
एक्सन राईले किरातीको मृत्युले जिल्लाको सञ्चार क्षेत्रमा अपुरणीय क्षति भएको बताए
। उनले स्वर्गिय राईको अन्त्यष्ठि विहिवार कार्तिक ४ गते उदयपुरको बेलटारमा गरिने
वताए ।
- Dhankutapress