Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

मोक्तान वंश अनुशन्धान समाजको प्रदेश नं.१ को अध्यक्षमा रामकुमार मोक्तान

  •   २ महिना अघि | २८ फाल्गुन २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता  (फोटो फिचर सहित)

इटहरी/तामाङ  तामाङ समुदाय  भित्रको थरगत मोक्तान वंश अनुशन्धान समाजको यहि शुक्रवार सनिवार इटहरीमा सम्पन्न दोश्रो प्रादेशिक भेलाले रामकुमार मोक्तान तामाङलाई सर्वसम्मत ढंगले प्रदेशको अध्यक्षमा चयन गरेको छ । 

मोक्तान वंश अनुशनधान समाजका कन्द्रिय अध्यक्ष जीवन मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न दोश्रो प्रादेशिक भेलाको बन्दसत्रले उपाध्यक्षमा पदम मोक्तान तामाङ, मानवी मोक्तान तामाङ, सचिवमा मंगलसिं मोक्रान तामाङ, सह–सचिवमा रमेशमान मोक्तान तामाङ, मान वहादुर मोक्तान तामाङ र कोषाध्यक्षमा नन्द मोक्तान तामाङलाई चयन गरिएको छ । 

२१ सदस्सीय प्रदेश समितिको सदस्यहरुमा धनकुमार मोक्तान तामाङ, सुवास मोक्तान तामाङ, रमेशकुमार मोक्तान तामाङ, शान्ता मोक्तान, मैत वहादुर मोक्तान, निमा मोक्तान तामाङ, भीम मोक्तान तामाङ, देउमान मोक्तान तामाङ, लोक मोक्तान तामाङ र विष्णु मोक्तान तामाङलाई चयन गरिएको छ । वाँकी रहेको ४ जना प्रदेश सदस्यहरुलाई पछि चयन गरिने नवनिर्वाचित प्रदेश अध्यक्ष रामकुमार मोक्तानले जानकारी दिएका छन् ।

मोक्तान वंश अनुशन्धान समाजको दोश्रो प्रादेशिक अधिवेशनको वन्द सत्रमा सफत ग्रहण पछि सामुहिक तस्विर लिदै नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरु ।  

तामाङ जाति भित्रको थरगत जातिमा मोक्तान थरी तामाङको कुल कुल्यान कसरी मानी रहेका छन् र यस्लाई एकरुपता ल्याउने भन्ने विषयमा २ दिन सम्म संचालन भएको प्रदेश भेलामा छलफल भएको थियो । अहिलेसम्म मोक्तान थरी तामाङहरुको पुर्खाहरुले अनुशरण गरि राखेको संस्कार, संस्कृति र कुलधर्मलाई पछिल्लोे पुस्तासम्म आइपुग्दा कसरी अनुशरण गरिरहेका छन् त भन्ने विषयमा प्रदेश १ को १४ वटै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुले खुलेर छलफलमा भाग लिएका थिए । 

छलफलमा अहिलेसम्म मोक्तानहरुले जे जसरी आ–आफ्नो कुलकूल्यान  मानिरहेका छन् त्यसैलाई निरन्तरता दिने र आगामी राष्ट्रिय सम्मेलन पछि एक रुपता ल्याउने सहमती भएको छ । छलफल पछि मोक्तान वंश,कुल,धर्मलाई लिपिवद्व गरेर पुस्तौ पुस्तासम्म जिवन्त राख्नको लागि दुई दिनसम्म इटहरीमा सम्पन्न प्रदेश भेलाबाट रामकुमार मोक्तानको अध्यक्षतामा २१ सदस्यीय ‘मोक्तान वंश अनुसन्धान समाज’ गठन गरिएको हो ।

मोक्तान वंश अनुशन्धान समाजका केन्द्रिय अध्यक्ष जीवन मोक्तान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न प्रदेश भेलामा समाजका केन्द्रिय सचिव रोज मोक्तान तामाङ, सल्लाहकार एवं नेपाली सेनाका जर्नेल विजय मोक्तान तामाङ, तम्वासंघ नेपालका केन्द्रिय अध्यक्ष धावा वाङ्गेल मोक्तान, केन्द्रिय सदस्य विलाम मोक्तान तामाङ लगायतले मोक्तान वंशको वारेमा आ–आफ्नो धारणा राख्दै कुलकुल्यान मान्ने विषयमा एकरुपता ल्याउनु पर्नेमा जोड दिएका थिए । 

त्यसैगरी मोक्तान वंश अनुशन्धान समाजका प्रदेश नं.१ समितिको वन्दसत्रमा अध्यक्ष शंकर मोक्तानले समाजको संस्थागत प्रतिवेदन, सचिव लक्ष्मण मोक्तानले  सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष अमृता मोक्तानले आर्थिक प्रतिवेदन प्रश्तुत् गरेका थिए ।

त्यसैगरी मोक्तान वंश समाजका अग्रज समाजसेवी एवंम सल्लाहकार भोजपुर निवासी शेरवहादुर मोक्तान, सल्लाहकार मनु मोक्तान, नेपाल तामाङ घेदुङ प्रदेश नं.१ का अध्यक्ष रेखवहादुर घिसिं, धनकुटाका जिन्लाव दोर्जे मोक्तान, ताप्लेजुङका खड्ग मोक्तान, सल्लहाकार सुनसरीका नरवहादुर मोक्तान, मोरङका कृष्ण मोक्तान, धनकुटाका हरिलाल मोक्तान लगायतले पनि नवनिर्वाचित समितिका पदाधिकारी एवं सदस्यलाई वधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । 

मोक्तान वंश अनुशन्धान समाजको दोश्रो प्रादेशिक अधिवेशनमा प्रदेशका प्रमुख सल्लाहकार मनु मोक्तानलाई सम्मान गरिदै । 

सो अवसरमा मोक्तान वंश अनुशन्धान समाजका सल्लाहकार एवं अग्रज जेष्ठ सदस्यीय ८१ बर्षिय मनु मोक्तानलाई मोक्तान वंश अनुशन्धान समाज प्रदेश समितिको तर्फबाट दोसल्ला, खदा ओडाएर र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी फोनिज प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान, नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं.६ का सभापति देवराज मोक्तान र इटहरी उपमहानगरपािलका वडा नं.२० का निर्वाचित वडा सदस्य वहादुर मोक्तानलाई पनि मोक्तान वंश समाज प्रदेश समितिको तर्फबाट सम्मान गरिएको थियो । 

मोक्तान भेलाको उद्धघाटन सत्रमा तम्वा संघका केन्द्रिय अध्यक्ष धावा वाङ्गेल मोक्तान, सुनसरीका तम्वाहरु मंगलसिं मोक्तान, मानसिं मोक्तान, लोकवहादुर मोक्तान, धनकुटाका हरिलाल मोक्तान, सेतुलाल मोक्तान, सन्तवीर मोक्तान लगायतले टुङ्गनाको धुनमा डम्फुसेलो मार्फत साङ्गसेर्गेम एवं स्वागत गीत गाएका थिए ।  खुल्ला तथा वन्द सत्रको संचालन सचिव लक्ष्मण मोक्तानले गरेका थिए ।   

नयाँ समितिलाई वैठक पुस्तिका हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष शंकर मोक्तान, ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष रामकुमार मोक्तान ।

(फोटो फिचर हेर्नुहोस ) 

मोक्तान वंश अनुशन्धान समाजको दोश्रो प्रादेशिक अधिवेशनमा केन्द्रिय महासचिव रोज मोक्तानलाई मायाको चिनु प्रदान गर्दै सल्लाहकार मनु मोक्तान । 

मोक्तान वंश अनुशन्धान समाजको दोश्रो प्रादेशिक अधिवेशनमा डम्फु सेलोबाट स्वागत गर्दै डम्फूरेहरु मंगलसिं मोक्तान, मानसिं मोक्तान, लोक वहादुर मोक्तान, हरिलाल मोक्तान, सेतुलाल मोक्तान ।

  • Dhankutapress

थप