Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

वरिष्ठ लोक गायक एलपी जोशीको निधन

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/ख्यातिप्राप्त लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को ८८ वर्षको उमेरमा निधन भएको छ । विर्तामोढस्थित अस्पताल लैजाँदै गर्दा जोशीको बिहीबार साँझ झापामा निधन भएको परिवार स्रोतले जनाएको छ ।

वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका थिए । बेलुकी परिवारसँग खाना खाएका जोशी सामान्य अवस्थामा रहेकोमा अकस्मात बिरामी परेर निधन भएको जनाइएको छ । उनका निकट रहेका कवि धनकुटे कान्छाका अनुसार झापाको दमकस्थित घरमा रहेका जोशी बेलुकीको खाना खाएपछि अकस्मात बेहोस भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । बिहान १० बजे मलाई टेलिफोन गरेर बोलाउनु भयो, धनकुटे कान्छाले भने, म आउन पाइनँ, तर उहाँले सामान्य रुपमा कुराकानी गर्नुभयो ।

७ जना दाजुभाइका छैटौं सन्तानका रुपमा रहेका जोशीका ५ दिदीबहिनी रहेको उनका कान्छा भाइ नारायण जोशीले बताए । बाल्यकालदेखि नै गीतसंगीत र फूटबल खेलका शौखिन उनी जीवनपर्यन्त लोकगायनमा रहेका थिए । संस्कृतिको लागि देशमा योगदान गर्नुभयो, भाइ नारायणले भने, डेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो । उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए । लोकगीत सम्राटको उपाधिसमेत पाएको नारायणले सुनाए ।

परिवार स्रोतका अनुसार सुगरको नियमित औषधि खानेबाहेक जोशीको अन्य स्वास्थ्य समस्या थिएन । जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै पनि सर्वसाधारणले गुनगुनाउने गर्छन् । उनले २०१३ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको उक्त गीतले त्यसताका राम्रै जमेको जोशीले केही समय अगाडिको भेटमा सुनाएका थिए ।

२०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । २०२२ देखि २०२० सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेको थियो । २०११ सालदेखि थापासँग नजिकिएका उनी गाउँ बस्तीका मौलिक गीतको खोजीमा जुट्दै हिँडे । त्यसै मेसोमा रिटिङ रिटिङ।।।बोलको गीत संकलन गरियो । २०५३ सालमा आइपुग्दासम्म म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए ।


  • dhankutapress

थप