Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विद्धान हेमचन्द्र पोख्रेलको जीवनीमा आधारित पुस्तकको चर्चा

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा क्याम्पसका पुर्व प्राध्यापक एवं विद्धान स्वर्गिय हेमचन्द्र पोख्रेलको जीबनीमा आधारित पुस्तकको आइतबार चर्चापरिचर्चा गरिएको छ । 

नेपाली साहित्यिक पत्रकारितामा लामो समय देखि कलम चलाईरहेका वरिष्ठ साहित्यकार धीरकुमार श्रेष्ठद्धारा लिखित स्वर्गिय पोख्रेलको जीवनीमा आधारित पुस्तकको एक समारोहको विच चर्चा परिचर्चा गरिएको हो । पुस्तको चर्चा गर्दै धनकुटा वहुमुखी क्याम्पसका प्राध्यापक डा.यज्ञ प्रसाद गुरागाँईले लेखक श्रेष्ठले अनुशन्धनात्मक विधिबाट स्वर्गिय पोख्रेलको जीवनीको वारेमा पुस्तक लेखिएको आफूले पाएको बताए ।

उनले पुस्तक भित्र छिरेर हेर्दा स्वर्गिय पोख्रेलको वारेमा गर्वे सन्दर्भहरुको बिबरण पाठकले वुझिने गरी खुलाईएको बताए । यो पुस्तक मनगाण्न्ते निवन्धात्मक शैलीमा नभै वस्तुपरक अनुशन्धानात्मक शैलीमा लेखिएको पुस्तक आफूले पाएको प्राध्यापक गुरगाँईले बताए । 

पुस्तकका लेखक धीरकुमार श्रेष्ठले स्वर्गिय पोख्रेल धनकुटाको साहित्य थाम्न सक्ने व्यक्तित्व भएको आफूले पाएको भन्दै मेरो मेहनेत भन्दा उनको कृति राख्न कसरी सकिन्छ भनेर म आफू लालयित भएको वताए । त्यसैगरी त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोख्रेल र स्वर्गिय पोख्रेलका छोरी भारती पोख्रेलले पनि पुस्तकको चर्चा गरेका थिए । सल्लेरी साहित्य संगम धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीको अध्यक्षतामा पुस्तकको चर्चा परिचर्चा गरिएको थियो ।  

  • Dhankutapress

थप