Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

फोनिज २५ औं स्थापना दिवसको अवसरमा चौबिसे थुमको ऐतिहाशिक अध्ययन पुस्तकको परिचर्चा

फोनिज धनकुटा शाखाको नाममा ५ लाख र स्व.चौधरीको नाममा ३ लाखको २ छुट्टाछुट्टै अक्षयकोष स्थापना

  •   २ वर्ष अघि | १ भदौ २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले प्रकाशन गरेको ‘चौविसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको शुक्रवार परिचर्चा गरिएको छ । 

फोनिजको २५ औं स्थापना दिवस रजत वर्ष समारोहको अवसरमा शुभकामना आदान प्रदान, फोनिजका अग्रजहरुलाई सम्मान एवं उक्त पुस्तकको परिचर्चा गरीएको हो । पुस्तकमा धनकुटाको चौविसे गाउँपालिकामा रहेका विभिन्न ऐतिहासिक एव पुरात्वतिक थुमहरुको नालीबेली समेटिएको छ । चौविसे गाउँपालिकाको सहयोगमा फोनिज धनकुटाले प्रकाशन गरेको पुस्तकमा चौविसे गाउँपालिकाको विशेष गरेर सिङ्गो इतिहास समेटिएको छ । पुस्तकमा चौबिसे गाउँपालिका भित्र रहेको ५२ वटा धार्मिक, साँस्कृतिक, पुरात्वतिक एवं पर्यटकिय गन्तव्यहरु मध्ये १० वटा ऐतिहासिक स्थलहरुलाई पहिलो पटक पुस्तकमा समेटिएको छ । 

पुस्तकको परिचर्चा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका पुर्व उपाध्यक्ष एवं गोकुण्डेश्वर बालमन्दिर क्याम्पसका प्रुमख जेपी भुजेल र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाकी लिम्वू भाषाका समचार बाचिका विष्णुमाया सिङ्गघकले गरेकी थिईन । पुस्तकमा धनकुटाको चौविसे गाउँपालिकामा रहेका विभिन्न धार्मिक, सांस्कृतिक, पुरात्वतिक एवं पर्यटकिय स्थलहरुलाई समेटिएको छ । पुस्तक १ सय ६४ पेजको रहेको छ । पुस्तकमा विशेषगरि चौबिसे क्षेत्रको सम्पदाहरुको खोज अनुशन्धान र अभिलेखिकरण गरिएको छ । जस अन्तर्गत चौविसे गाउँपालिका भित्र बसोवास गर्ने लिम्बू र मगर समुदायसंग जोडिएको ऐतिहासिकतालाई समेटिएको परिचर्चाकार जेपी भुजेलले बताए । उनले वर्तमान युग सांस्कृतिक र ऐतिहासिक पुनःजारगरणको युग भएकाले फोनिज धनकुटा शाखाले गरेको नमूना कामको मुक्त कण्ठले प्रशंसा गरे । 

पुस्तकमा ‘याक्थुङ लिम्वूहरुको चौबिस थुम’ को बारेमा लालीगुराँस नगरपालिका तेह्रथुमका नगर प्रमुख अर्जुनबाबु मावोहाङ, ‘ऐतिहासिक पुरुष हाम्बेकहाङमा एक अध्ययन’ का वारेमा सँस्कृतिविद्ध आईत खजुम, सांस्कृतिक सम्पदाः युमा थाक्केलुङ–खिवेत्लुङको बारेमा मुन्धुमी कवि केजी सुब्बाले कलम चलाएका छन् । त्यसैगरी ‘आदिवासी पहिचान र स्थान नाकरणः राजारानीको प्रसङ्ग’ डा. डम्बर चेम्जोङले इतिहासलाई कोट्याएका छन् भने लिम्वू जातिले गायनसिद्धि प्राप्ति गर्ने ऐतिहासिक स्थल ‘साम्लोलुङधुङ’ को बारेमा फोनिजका प्रदेश अध्यक्ष एवं ब्लाष्ट दैनिकका सम्पर्क अधिकृत सन्तवीर लामाले कलम चलाएका छन् ।‘नामभित्र लुकेको रहस्य सक्रक्पा’ गाउँको बारेमा कवि साहित्यकार भीमा खजुम, इतिहासको साक्षी ः कुर्लेगढीका बारेमा बरिष्ठ पत्रकार राजकुमार दिक्पाल, ‘पूर्वेली मगरहरुको पहिचानः हुर्रानाच’ को वारेमा फोनिजका संघीय समिति सदस्य विदुर खवासले लेखेका छन् । त्यसैगरी ‘ओझेलमा परेको ऐतिहासिक चेम्जोङ घर’ का बारेमा यूवा पहिचानवादी नेता सागर सरगम चेम्जोङ र ‘थिबोङ याक्थुङकालिन पधे यक् संरक्षणको पखाईमा’ भनेर लेखक, कवि तथा साहित्यकार हितराम तिल्लिङले लेखेका छन् । कार्यक्रममा कवि, लेखक,साहित्यकार, विश्लेषक, जनप्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको थियोे ।

 फोनिज धनकुटा शाखाको नाममा ५ लाख र स्व.चौधरीको नाममा ३ लाखको २ छुट्टाछुट्टै अक्षयकोष स्थापना :

यस्तै कार्यक्रममा फोनिज धनकुटा शाखाका सचिब स्वर्गिय पूर्णकुमार चौधरीको स्मृतिमा ३ लाखको अक्षय कोष स्थापना गरिएको छ । फोनिज धनकुटा शाखाले फोनिजको २४ औं स्थापना दिवशको अवसरमा अघिल्लो वर्ष धनपा–१० र पाख्रीवास नगरपालिका वडा नं.९ को संगम स्थल उत्तरपानी बजारमा भव्य कार्यक्रमको आयोजना गरेर अक्षयकोष घोषणा गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि पाख्रीवास नगरपालिका प्रमुख ज्ञान वहादुर गुरुङ्गले फोनिज धनकुटा शाखाको नाममा ५ लाख र स्वर्गिय चौधरीको नाममा ३ लाख रुपयाँको छुट्टाछुट्टै अक्षयकोष घोषणा गरेका थिए । फोनिज धनकुटा शाखाको नाममा यस अघि नै ५ लाखको अक्षयकोष स्थापना गरि सकिएको छ । स्व.चौधरीका छोरा–छोरीको पढाइ खर्चका लागि अक्षयकोषको ब्याजबाट कक्षा १२ सम्मको पढाइ खर्च बेहोरिने फोनिज धनकुटा अध्यक्ष बिनु चेम्जोङले बताईन । अक्षय कोषको कार्यक्रमका प्रमुख अतिथि चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले स्थापना भएको घोषणा गरे । वि.सं. २०७९ माघ १८ गते ३५ वर्षको उमेरमा निधन भएका चौधरीका १ छोरा र १ छोरी रहेका छन् । अक्षय कोष स्थापनाको लागि विशेष गरेर देशभरका फोनिजकर्मीहरु एवं विभिन्न संघ–संस्थामा आवद्ध महानुभावहरुले समेत सहयोग गरेका छन् ।फोनिज धनकुटा शाखाका अध्यक्ष बिनु चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष नविनकिशोर शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराईली, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, संघीय सदस्य विदुर खवास लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा फोनिज धनकुटा शाखालाई स्थापनाकाल देखी योगदान पु¥याउने अग्रज पत्रकारहरु र अन्य महानुभावहरुलाई २५ औं स्थापना दिवश रजत वर्ष समारोहको अवसर पारेर फेटा गुथेर सम्मान गरिएको थियो । कार्यक्रमको संचालन फोनिज धनकुटा शाखाकी उपाध्यक्ष मानबी मोक्तानले गरेकी थिईन । 

  • dhankutapress

थप