Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

चौबिसे थुमको ऐतिहासिक अध्ययन पुस्तक बिमोचन

पुस्तकका लेखक र टिप्पणीकारलाई पालिकाको सम्मान

  •   १ महिना अघि | ७ असार २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति धनकुाटको समन्वयमा प्रकाशन गरिएको ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको वुधवार राजारानीमा विमोचन गरिएको छ ।

चौबिसे गाउँपालिका भित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यटकिय स्थलहरुको दस्तावेजिकरण गरिएको ऐतिहासिक पुस्तकको विमोचन पालिका अध्यक्ष राजकुमार चेम्जोङ लगायतले गरेका हुन् । पुस्तकमा चौविसे गाउँपालिका भित्रको १० वटा ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यटकिय स्थलहरुको अनुशन्धानात्मक लेखहरु प्रकाशन गरिएको छ । 

पालिका प्रमुख राजकुमार चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न चौविसे थुमको ऐतिहासिक अध्ययन पुस्तक विमोचन कार्यक्रममा पुस्तक माथिको टिप्पणी लेखक एवं समालोचक डा.कमल तिगेला खेवा र नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुँवेर खापुङले गरेका थिए । पुस्तक माथिको टिप्पणी गर्दै प्रदेश प्रहरी प्रमुख खापुङ्गले भने–‘चौविसे गाउँपालिका भित्रको ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यटकिय स्थलहरुको अनुशन्धानात्मक लेखहरु प्रकाशनले पुस्तक प्रकाशनको काम आफैमा ओजपूर्ण भएको छ ।’ उनले चौबिसे गाउँपालिका भित्र धेरै ऐतिहासिक, साँस्कृतिक, पर्यटकिय एवं धार्मिक स्थलहरु रहेको र सवै स्थलहरुको एकै पटक पुस्तकमा समेट्न सम्भव नभएकाले आगामी दिनमा समेटेर प्रकाशन गर्न चौबिसे गाउँपालिका र फोनिज धनकुटा शाखालाई आग्रह गरे । प्रदेश प्रहरी प्रमुख खापुङले थपे–‘चौबिसेमा मूख्य गरेर लिम्वू समुदायको सधनवस्ती रहेपनि अन्य समुदायको पनि वसोवास रहेकाले सवै खाले समुदायको ऐतिहासिकतालाई समेटेर आगामी दिनमा पुस्तक प्रकाशन गर्नु पर्छ ।’

अर्का टिप्पणीकार डा.कमल तिगेला खेवाले ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यटकिय स्थलहरुको लेख लेख्दा यथार्थलाई नवंग्याइ लेख्नु पर्नेमा जोड दिए । उनले भने–चौबिसेको सिङ्गो इतिहासलाई समेत समेटेर ऐतिहासिक रुपमा फोनिज धनकुटाले पुस्तक प्रकाशन गरेकोप्रति प्रकाशनमा सहयोग गर्ने पालिका र फोनिज धनकुटा जिल्ला समितिलाई धन्यावद् दिन्छु ।’ उनले चौविसे गाउँपालिका भित्रको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरात्वातिक एवं पर्यटकिय स्थलहरुको पहिलो पटक इतिहाँस लेखिएको छ, यो आफैमा ऐतिहासिक काम भएको बताए । 

पुस्तकमा ‘याक्थुङ लिम्बूहरुको चौबिस थुम’ को बारेमा लालीगुराँस नगरपालिका तेह्रथुमका नगर प्रमुख एवं याक्थुङ मुन्धुम खोज एवं अनुशन्धानकर्ता अर्जुनबाबु माबुहाङ, ‘ऐतिहासिक पुरुष हाम्वेकहाङ एक अध्ययन’ का बारेमा संस्कृतिविद्ध आइत खजुम, ‘सांस्कृतिक सम्पदा युमा ः थाक्केलुङ–खिवेत्लुङ को वारेमा साहित्यकार एवं कवि केजी सुब्बाले कलम चलाएका छन् । त्यसैगरी ‘आदिवासी पहिचान र स्थान नामकरण ः राजारानीको प्रसङ्ग’ शिर्षकमा प्रोफेसर डा.डम्वर चेम्जोङ, ‘सक्रक्पा ः नाम भित्र लुकेको रहश्य’ का बारेमा साहित्यकार भीमा खजुम, ‘इतिहाँसको साक्षी कुर्लेगढी’ का बारेमा वरिष्ठ पत्रकार राजकुमार दिक्पाल, ‘पूवेर्ली मगरको पहिचान ः हुर्रा नाच’ का वारेमा फोनिज संघीय समिति सदस्य एवं नेपाल टेलिभिजन धनकुटा सम्वाददाता पत्रकार विदुर खवास, ‘सम्लोलुङधुङको सामाजिक–साँस्कृतिक महत्व’ को बारेमा फोनिज प्रदेश १ का अध्यक्ष एवं ब्लाष्ट दैनिकका धनकुटा शाखा सम्पर्क अधिकृत एवं पत्रकार सन्तवीर लामाले कलम चलाएका छन् । 

त्यसैगरी ‘ओझेलमा परेको ऐतिहासिक चेम्जोङ घर’ का वारेमा यूवा समाजसेवी एवं विद्यार्थि नेता सागर सरगम चेम्चोङ् र ‘थिबोङ याक्थुङकालिन पधे यक् संरक्षणको पर्खाइमा’ भनेर लेखक एवं इतिहासकार हितराम तिल्लिङले लेखेका छन् । यसरी पुस्तकमा पहिलो चरणको प्रकाशनमा चौविसे गाउँपालिका भित्रको १० वटा ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यटकिय स्थलहरुलाई समेटिएको छ । 

विशेष गरेर चौविसे गाउँपालिका भित्र रहेको ५२ वटा ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यटकिय स्थलहरु मध्ये बाँकी रहेका स्थलहरुको क्रमशः प्रकाशन गर्दै जाने गाउँपालिका अध्यक्ष एवं विमोचन कार्यक्रमका प्रमुख अतिथि राजकुमार चेम्जोङले बताए । उनले चौबिसेको इतिहाँसलाई दस्तावेजिकरण गर्न फोनिज धनकुटा जिल्ला समितिले विशेष भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष विनु चेम्जोङलाई धन्यवाद् दिए । 

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति धनकुटाका अध्यक्ष विनु चेम्जाङको अध्यक्षतामा सम्पन्न ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तक विमोचन कार्यक्रममा पुस्तकका लेखक एवं लालीगुराँस नगरपालिका तेह्रथुमका नगर प्रमख कार्यक्रमका विशेष अतिथि अर्जुनबाबु मावुहाङ, चौविसे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम दाहाल, फोनिज संघीय समिति उपाध्यक्ष कमन देवान, प्रदेश अध्यक्ष एवं पुस्तकका लेखक सन्तवीर लामा लगायतले पुस्तकको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सो अवसरमा पुस्तकका लेखकहरु एवं टिप्पणीकारद्धय खापुङ र तिगेलालाई चौविसे गाउँपालिकाको तर्फबाट मायाको चिनो र दोसल्ला ओडाएर पालिका अध्यक्ष राजकुमार चेम्जोङले सम्मान गरेका थिए । त्यसैगरी फोनिज जिल्ला समिति धनकुटाको तर्फबाट पनि अध्यक्ष विनु चेम्जोङले पुस्तक विमोचन कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि एवं चौविसे गाउँपालिका भित्रका वडाध्यक्षहरुलाई मायाको चिनु प्रदान गरे । कार्यक्रम फोनिज जिल्ला उपाध्यक्ष मानवी मोक्तानले संचालन गरे । 

हेर्नुहोस फोटो फिचर :


  • dhankutapress

थप