Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रेस मञ्च नेपाल धनकुटाको अध्यक्षमा हेमन्त चेम्जोङ

पहिचानको मुद्धामा केन्द्रित् भएर कलम चलाउनु पर्नेमा जोड

  •   ४ वर्ष अघि | ४ असोज २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/प्रेस मञ्च नेपाल धनकुटाको दोश्रो जिल्ला अधिवेशनले हेमन्त चेम्जोङलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको छ ।

मञ्चको जिल्ला उपाध्यक्षमा सन्तोष राई, सचिवमा शान्ता मगर, सह–सचिवमा सुरेश याम्फू र कोषाध्यक्षमा सुमित्रा घलेले सर्वसम्वत चयन भएका छन् । भूमी आयोग धनकुटाका अध्यक्ष एवं जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष बलवहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न दोश्रो जिल्ला भेलाले १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।


मञ्चको सदस्यहरुमा शदेश आठपहरिया, रोहन राई, सुजन आठपहरिया, दिप्सन राई, राकेश राई, विनायक राई, तृष्णा राई र सुम्नीमा राईलाई चयन गरिएको छ । मञ्चको सल्लाहकार समितिको संयोजकमा निवर्तमान अध्यक्ष उत्तम देवान चयन भएका छन् भने सदस्यहरुमा दिवा चेम्जोङ र लिलाराज लावती चयन भएका छन् ।

मञ्चका जिल्ला अध्यक्ष उत्तम देवानको अध्यक्षतामा सम्पन्न दोश्रो जिल्ला भेलाबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई अग्रज पत्रकार संजय सन्तोषी राई, जसपा जिल्ला पार्टी अध्यक्ष वलवहादुर राई, केन्द्रिय सदस्य सरकुमारी आठपहरिया, पार्टीका साँगुरीगढी अध्यक्ष लिलारज लावती, जिल्ला उपाध्यक्ष गोपाल लिम्वु लगायतले वधाई तथा सफल कार्यकालको शुभकानमा व्यक्त गरेका थिए । उनीहरुले विशेष गरेर पहिचानको मुद्धामा केन्द्रित भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए ।   


  • Dhankutapress

थप