धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा अदालतले १० वर्ष कैद तोकी फरार रहेका एक प्रतिवादी मोरङको केराबारी गाउंपालिका ६ स्थित आफ्नै घरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा जिल्लाको चौबिसे गाउंपालिका वडा नं.३ घर भई हाल मोरङको केराबारी गाउँपालिका वडा नं. ६ मा बस्ने ६२ बर्षिय भिम बहादुर तामाङ रहेका छन् । निजले नाम परिवर्तन गरी मेघ बहादुर तामाङको नामबाट नागरिकता समेत बनाई लुकीछिपी रहेको अबस्थामा गएको पुष १३ गते आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
निज तामाङले २०५७ साल कार्तिक १२ गते धनकुटा जिल्लाको कुरुले तेनुपा गाबिस ८ हालको चौबिसे गाउँपालिका वडा नं. ४ मा बस्ने वर्ष ५७ बर्षिय टंक प्रसाद पोखरेललाई मापसे गरी कुटपिट गरी तमोर नदीमा फ्याकी कर्तब्य गरी मारेर भागी लामो समयदेखी फरार रहेका थिए ।
निजलाई जिल्ला अदालत धनकुटाद्वारा २०६६ साल जेठ २३ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धामा १० वर्ष कैद तोकी फरार रहेका थिए । पक्राउ पछि फैसला कार्यान्वयनको लागी जिल्ला अदालत धनकुटामा बुझाईएको प्रहरीले जनाएको छ ।
- dhankutapress