Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

महालक्ष्मी नगरपालिकाका उप–प्रमुखले गरिन प्रमुख विरुद्ध पत्रकार सम्मेलन

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिकाको उप–प्रमुख मन्जुकुमारी कार्कीले आफुलाई सामाजिक संजाल मार्फत भ्रष्टचार गरेको भन्दै गलत मनसायले चरित्र हत्या गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको बताएकी छन् । 

उप–प्रमुख कार्कीले सोमवार पत्रकार सम्मेलन गरेर नगर क्षेत्र भित्रको ३६ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्दा मैले भ्रष्टचार गरेको भन्दै सामाजिक संजालहरुमा गलत अफवाह फैल्याई आफ्नो चरित्र हत्या गरेको बताएकी छन् । उनले व्यक्तिगत चरित्र माथि नै प्रश्न चिन्ह खडा हुने गरी मुख्य जिम्मेवारीमा रहेको व्यक्ति नगर प्रमुखबाट सामाजिक संजालमा गैह्र जिम्मेवार कुरा गरेकोले आफ्नो गम्भिर ध्यानाकर्षण भएको वताएकी हुन् । 

पत्रकार सम्मेलनमा उप–प्रमुख कार्कीले भनिन्–‘मैले इन्टरनेट सेवा जडान गर्दा गलत मनसायका साथ काम गरेको प्रमाण भेटिएमा म जस्तोसुकै परिणाम भोग्न तयार छु ।’ हैन भने प्रमाण र आधार विना हौवाको पछि लागेर व्यक्ति तथा संस्थाको चरित्र हत्या हुने गरी झुठा अफवाह फैल्याउनु गैह्र कानूनी मात्र हैन, निन्दनिय र खेदजनक कार्य भएको भन्दै उप–प्रमुख कार्कीले आक्रोस पोखेकी छन । 

कम्पनीसंग आवश्याक समन्वय गरेर विद्यालयमा इन्टरनेट जडान गर्ने कार्य अघि वढाउनु आफैमा नराम्रो काम थिएन तर, नगर प्रमुख अनुपस्थित् रहेको अवस्था त्यो जिम्मेवारी निर्वाह गर्दा धन्यवाद् दिनु पर्नेमा उल्टै नगरपालिकाको समेत वदनाम हुने गरी अडियो कल लगायत सामाजिक संजालमा व्यक्त गरिएको धारणा प्रति नगर प्रमुख धूुर्व राय माथि नै उप प्रमुख कार्कीले प्रश्न तेस्र्याएकी छन् । 

नेपाल सरकार तथा दूरसंचार प्राधिकरणले देशको सवै ग्रामिण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उलव्ध गराउने कार्यक्रम अनरुप नगर प्रमुख ध्रुर्व रायको अनुस्थितिमा उप–प्रमुख कार्कीले ३६ थान ब्रोडव्याण्ड इन्टरनेट सेवा संचालन गर्नको लागि सिफारिस गरेका थिए । उनले इन्टरनेट सेवा उपलव्ध गराउन साङ्गीला इन्फरमेटिक्स प्रा.लि. अनामनगर काठमाण्डौंलाई ०७९ माघ २४ गते पत्र लेखेका थिए ।

विद्यालयहरुको हितमा सकरात्मक काम गर्दा पनि नगर प्रमुख ध्रुर्व रायाले गलत मनसायले सिंगो संस्थाको बदनाम र व्यक्तिको चरित्र माथि नै दाग लाग्ने काम भएको वताएकी छन् । नगर प्रमुखले सार्वजानिक हितको काममा सामाजिक संजालमा गलत मनसायले आफ्नो अभिव्यक्ति दिनु गैह्र जिम्मेवारी र निकम्वापन भएको पत्रकार सम्ेमलनमा उप प्रमुख कार्कीले वताएकी छन् । 

यता नगर प्रमुख ध्रुर्व रायासंग पत्रकार सम्ेमलन उठेको विषयमा जिज्ञासा राख्दा उप प्रमुखले माघ २४ गते कम्पनीलाई पत्रचार गर्दा आफूसंग समन्वय नगरेको वताए । उप–प्रमुखले कार्यालयको काम कार्वाही अघि वढाउँदा प्रमुखसंग समन्वय र सहकार्य नगरे पछि आफू नगरपालिकामा १० वजे पुगेर पनि निस्किएको प्रमुख रायाले वताए । 

प्रमख कै विरुद्धमा उप–प्रमुखले पत्रकार सम्मेलन गर्नु राम्रो भएननी भन्ने थप जिज्ञासामा उनले भने–‘मैले उप–प्रमुखलाई कार्यवाहक पनि दिएको थिईन, महालक्ष्मी नगरका ५३ वटा विद्यालयहरु मध्ये ४२ वटामा नेपाल टेलिकमको यस अघि नै फाईबर जडान भै सकेको थियो, वाँकी ११ वटा आधारभूत विद्यलायमा मात्र बाँकी थियो ।’ यस्ता कुरामा कार्यपालिकाको निर्णय विना समन्वय नगरी उप–प्रमुख कार्कीले आफू खुशि गरेकाले नगरपालिकाको प्रमुखको हैसियतले इन्टनेट वितरणको काम रोकिएको वताए । 

मौखिक सम्झौतामा प्रति डिभाईस जडान सहितको मुल्य वजार मुल्य भन्दा अत्याधिक वढी ७३ हजार, ९ सयले लिने शर्त भित्रि रुपमा सहमती गरिएको दावी रायको छ । जडान शुल्क वजार मुल्य भन्दा वढीमा उल्लेख गरेर ३६ वटा विद्यालय मध्ये ३१ वटाको २२ लाख, ९० हजार, ९ सय रुपयाँ आर्थिक दायित्व नगरपालिकालाई आउने देखिएपछि रोकेको प्रमुख रायको भनाई छ ।  नगर क्षेत्रका कुल ५३ वटा विद्यालय मध्ये ४२ वटा विद्यालयमा इन्टरनेट सेवा नेपाल टेलिकमको संचालन भै सकेको अवस्थामा कार्यालयलाई आर्थिक वोझ हुने गरी आएको योजना फर्काइ दिएको राय वताउँछन् । ‘फाईबर जडान भै सकेको विद्यालयमाहरुमा किन चाहियो थप इन्टरनेट सेवा ? यस्मा कस्को कमि कम्जोरी भयो ? तपाई आफै मूल्याङ्गकन गर्नुहोस’–रायले भने । 

सो विषयमा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलकण्ठ विश्वकर्माले इन्टरनेट जडानको विषयमा कार्यालयलाई आधिकारिक जानकारी नभएको वताए । नगरपालिकाबाट सम्पादन हुने कुनै पनि योजनाको कार्यान्वयन गर्नु पहिले सम्झौता भएपछि मात्र गरिन्छ । तर, यहाँ कस्ले, काहाँ, कहिले आएर इन्टरनेट वाँढ्यो भन्ने विषय आफू कार्यालयको प्रमुख प्रशासकिय अधिकृत भएर पनि थाहा नभएको विश्वकर्माले वताए । 


  • Dhnakutapress

थप