धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/प्रदेश १ नामंकन संयुक्त संघर्ष समितिले आफ्नो मागलाई बेवास्ता गर्दै अवाञ्छित, छुद्र व्यक्तिको नेतृत्वमा मध्य पहाडी यात्राको नाममा जनताको भावनालाई कुल्चिने काम गरेको भन्दै प्रदेश १ बन्दको आह्वान गरेको छ ।
संयुक्त संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै मंसिर ३० र पौष १ गते प्रदेश १ सबै यातायात बन्द गर्ने घोषणा गरेको छ । बिज्ञप्तिमा कोशी नाम खारेजी हुनुपर्छ भन्ने जनताको भावनालाई कदर गर्दै २०८० मंसिर २६ गतेदेखि मध्य पहाडी मार्ग बिभिन्न चरणमा बन्दको आयोजना गरिएको जनाएको छ । कार्यक्रमलाई सफल पार्न निस्केका पूर्ब संस्कृति मन्त्री गोपाल किराती (खोटाङबाट), मुख्यमन्त्री केदार कार्कीलाई कालो भण्डा देखाएको आरोपमा संघर्ष समिति झापाको संयोजक पाण्डप लाल चौधरी (झापा बिर्तामोडबाट), खोटाङ , भोजपुर, धनकुटा, तेर्हथुम ,संखुवासभा, उदयपुर लगायतबाट ३५ जना नेताहरुलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका नेताहरुलाई निसर्त छोडने भनिएता पनि आज तीन दिन बितिसक्दा छाड्नु को सट्टा झुटो मुद्दाहरु लगाउने ,धनकुटामा अपराधि झैँ हतकडी लगाएर अमानबिय तरिकाले गिरफ्तार गर्ने ,साथै कोशी नाम खारेजी गरि बार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रसासन तथा सरकार थप दमनमा उत्रिएको कारणले बाध्य भएर यहि मंगसिर ३० गते देखि पुस १ गते सम्म प्रदेस न.१ भर यातायात बन्द घोषणा गर्न बाध्य भएको बिज्ञप्तिमा उल्लेख छ ।
यसैविच पक्राउ परेकाहरुको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
धनकुटामा वुधवार र विहिवार पक्राउ परेका पहिचानवादीहरुको विनाशर्त रिहाईको माग गर्दै कोशी नाम पुनःनामकरण संघर्ष समिति धनकुटको तर्फबाट प्रमुख जिल्ला अधिकारी पून्य विक्रम पौडेललाई ज्ञापनपत्र वुझाएका छन् ।
कोशी नाम खारेज गरी प्रदेशको पुनःनामकरण गर्न गठित धनकुटा जिल्ला संघर्ष समितिका सह–संयोजक सरकुमारी आठपहरियाले प्रजिअ पौडेललाई ज्ञापन पत्र वुझाएका हुन् । ज्ञापन पत्र वुझ्दै –‘प्रजिअ पौडेलले भने पक्राउ परेकाहरुलाई आवश्याक कानुनी प्रक्रिया पु¥याएर आईतवार जसरी भएपनि छाड्छु ।’

- Dhankutapress