Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

संविधान दिवशको अवसरमा धनकुटामा प्रभातफेरी

सहभागी देखेर सहिद भीमनारयण श्रेष्ठ पनि छक्क परे होलान

  •   ३ वर्ष अघि | ३ असोज २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/संविधान दिवश–०८० को अवसरमा धनकुटामा वुधवार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । 

नेपालको  संविधान २०७२ जारी भएको आठ बर्ष पुरा भएको छ । देशमा एक दशकसम्म चलेको माओबादी जनयुद्ध, १९ दिने जनअन्दोलन जस्ता ठूला राजनीतिक घटनाक्रमलाइ सम्बोधन गर्दै संविधानसभा मार्फत यो संविधानले नेपाली जनताको लागि धेरै अधिकारहरु प्रदान गरेको छ । 

संविधानमा लेखिएको शब्दहरु अध्यन गर्दा नेपाल समाजबाद उन्मुख, लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता प्राप्त एक आधुनिक राज्यका रूपमा चित्रित छ । तर, अहिले संविधान प्रति असन्तुष्टि जनाउनेहरु पनि सल्बलाई रहेका छन । यसैक्रममा धनकुटामा पनि यो वर्ष संविधान दिवस मनाइएको छ । संविधान दिवस मनाउन धनकुटा–६, सिरान वजारमा रहेको भीमनारयण चोकमा सहभागी भेला भएको देखेर सहिद भीमनारयण श्रेष्ठ पनि छक्क परे होलान । 

जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा सम्पन्न भएको प्रभातफेरी कार्यक्रम स्थानिय भीमनारयणचोकबाट शुरु भएको थियो । प्रभातफेरी कार्यक्रम उच्च अदालत विराटनगर धनकुटा इजलासका माननीय मुख्य न्यायधिस रामवहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

प्रभात फेरी कार्यक्रममा न्यायधिश फुर्पा तामाङ, पुर्व सांसद गोपाल गुराँगाई, प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, उप–प्रमुख सावित्रा राई,सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सकल दर्जाका अधिकृत एवं जवानहरु, विभिन्न राजनीतिक पार्टीका प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका अगुवाहरु, सर्वसाधरणहरु र पत्रकारहरुको सहभागिता रहेको थियो । 

धनकुटा वजारको विभिन्न भागको परिक्रमा पश्चात धनकुटा–७ वसपार्कमा रहेको सहिद स्मारकमा आएर प्रभातफेरी कार्यक्रम समापन भएको थियो । सो अवसरमा वसपार्कमा रहेको सहिद स्मारकमा उच्च अदालत विराट नगर धनकुटा इजलासका माननिय मुख्य न्यायधिश रामवहादुर थापा मगर लगायतले म्याल्यार्पण गरेका थिए । सो अवसरमा सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण समेत आयोजना गरिएको थियो । 

प्रभातफेरी कार्यक्रमा जीवन विज्ञान धनकुटा शाखा, हाम्रो वहुमुखी पाठशाला धनकुटाको कलाकार भाईवहिनीहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले धन्यवाद ज्ञापन गरेका /

हेर्नुहोस  (फोटो फिचर) :



  • Dhankutapress

थप