Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आठपहरिया जातिले पठाए गृह मन्त्रालय र आयोगलाई ध्यानकर्षण पत्र

  •   २ वर्ष अघि | १५ साउन २०८१, मङ्लबार

पञ्चमाया तामाङ 

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता  

धनकुटा/किराँत आठपहरिया समाज केन्द्रिय समितिले आठपहरिया जातिलाई आदिवासी जनजाति आयोगले राई थर मा समावेश गरेर आफ्नो जातिको पहिचान मेट्ने काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत मंगलवार नेपाल सरकारको गृह मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन् ।

समाजका केन्द्रिय अध्यक्ष अष्ट वहादुर छोङ्गदेन आठपहरिया र महासचिव कोमल किम्दाङ्ग आठपहरियाले हस्ताक्षर गरेको ध्यानआर्षण पत्रमा आयोगको निर्णय प्रति गम्भिर आपत्ति जनाउँदै ध्यानकर्षण पत्र जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी मार्फत पठाएका ह्न् । 

आदिवासी जनजाति आयोगले जनजातिहरुको थरहरुको विबरण सार्वजानिक गर्नु भन्दा पहिले आठपहरिया जातिसंग समन्वय नगरी जवर्जस्त बिवरण जारी गरेकाले पुनःविचार गर्न ध्यान आकर्षण पत्र पठाइएको केन्द्रिय अध्यक्ष अष्ट वहादुर छोङदेन आठपहरियाले जानकारी दिए । ध्यानकर्षण पत्रमा भनिएको छ–‘आठपहरिया थर नभई एउटा छुट्टै जाति भएको र आठपहरिया जाति भित्र आफ्नो छुट्टै १७ जाति रहेको उल्लेख छ ।’ 

आदिवासी जनजाति अधिकार सम्वन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्रको मापदण्ड अनुसार छट्टै भाषा, संस्कार, संस्कृति, थातथलो र वेग्लै चाडपर्व रहेको जातिको रुपमा आठपहरियाहरु हुँदा हुँदै राई जातिको महलमा समावेश गरिएको प्रति संस्थाको आपत्ति रहेको छ । आयोगले विना अध्ययन सम्वन्धित् जातिलाई जानकारी नै नदिई सूचना सार्वजानिक गरिएको प्रति घोर आपत्ति प्रकट गरिएको छ । राष्ट्रिय जनगणना ०७८ अनुसार आठपहरिया जातिको जनसंख्या ५ हजार, ३ सय, ६५ रहेको छ । 

ध्यानाकर्षण पत्र वुझ्दै प्रजिअ पून्यविक्रम पौडेलले ध्यानकर्षण पत्र तत्काल सम्वन्धित निकायमा पठाई दिने बताए । उनले आठपहरिया समुदायले उठाएको मागको विषयमा सम्वन्धित् निकायको ध्यान पुग्ने छ भन्ने आफुलाई लागेको बताए । किराँत आठपहरिया समाज केन्द्रिय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रष्ठिान ऐन ०५८ जारी भएदेखी छुट्टै जातिको रुपमा सुचिकृत गरी दिनका लागि भनि नेपाल सरकारसंग माग गर्दै आएका छन् । 

  • dhankutapress

थप