धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा । धनकुटाको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रेको गाजाबारी प्रहरीले फाँडेको छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार कार्तिक ८ देखि कार्तिक २३ गतेसम्म जिल्लाको शहिदभुमि र साँगुरीगढी गाउपालिकाको विभिन्न वडाका विभिन्न ठाउँका गाँजा फँडानी गरेको हो । जसअनुसार कार्तिक ८ गते ईलाका प्रहरी कार्यलय भेडेटारबाट प्र.ना.नि रमेश प्रधानको नेतृत्वमा खटिएको टोलिले साँगुरीगढी गाउँपालिका ९ आहाले र थप्चुवामा प्राकृतिक रुपमा उम्रिएका करिब ७ हजार गाँजाको बोट नष्ट गरेको छ ।
त्यस्तै सहिदभुमि गाउँपालिका २ र ३ मा ईलाका प्रहरी कार्यलय छिन्ताङबाट प्रसनि जस बहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलिले १६ रोपनी जग्गा क्षेत्रफलको ४ हजार ५ सय गाजाको बोट फाडेको छ भने कार्तिक २२ गते ईलाका प्रहरी कार्यलय भेडेटारबाट खटिएको प्रहरी टोलिले साँगुरीगढी गाउपालिका ६ मुक्तेनमा प्राकृतिक रुपमा उम्रेका १५ हजार गाजाको बोट फाँडेको छ । त्यस्तै कार्तिक २३ गते साँगुरीगढी ७ उक्कावासमा पनि प्राकृतिक रुपमा उम्रेका १७ हजार ५ सय बोट गाँजा फाडेको प्रहरीले जनाएको छ ।
त्यस्तैगरि कार्तिक २३ गते नै ईलाका प्रहरी कार्यलय छिन्ताङबाट प्रबनानि गजेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलिले सहिदभुमी गाउँपालिका ३,४,५ का विभिन्न स्थानमा उम्रेका ५ हजार ५ सय गाजाको बोट नष्ट गरेको छ भने सोहि मितिमा सहिदभुमि गाउँपालिकाकै आँखिसल्लामा प्रहरी चौकीबाट प्रसनि दिपेश घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलिले पाखाबारीमा उम्रेका ५ सय बोट र वडा नं.३,४ र ५ को विभिन्न वडामा प्राकृतिक रुपमा उम्रेका ९ सय बोट गाजा प्रहरी चौकी त्रिवेणीबाट प्रसनि राजेन्द्र राईको नेतृत्वका खटिएको टोलिले फँडानि गरेको प्रहरीले जनाएको छ ।
- dhankutapress