धनकुटा प्रेस अनलाईन खवर समवाददाता
धनकुटा/युद्धकवि तथा लेखक काङमाङ नरेश राईको ‘पानी पतिया’ नामक पुस्तकको धनकुटामा परिचर्चा गरिएको छ ।
नेपाल बुद्धिजीबी परिषद् धनकुटाको आयोजनामा कवि, लेखक, साहित्यकार, विश्लेषक, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, सञ्चारकर्मी लगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको हो ।
पुस्तकमा गोर्खा भर्तीको ३ वटा आयामको नालीबेली समेटिएको छ । पुस्तकमा गोर्खा भर्तीको इतिहास, गोर्खा भर्ति भएपछिको अनुभूति र गोर्खा आन्दोलनको सविस्तार विषयमा पुस्तक केन्द्रित रहेको छ ।
यस्तै, पुस्तकमा राणाकालीन समयमा गोर्खा भर्ती भएर घर आउँदा चोख्याएर घरमा बस्न दिने गरेको इतिहास रहेको छ । यस्तै, बेलायती सेनामा लागेकाको पिडाको अध्ययन र अनुभूति रहेको छ । पुस्तकयुद्ध र युद्धजन्य पीडा समेटिएको कानुन, इतिहास अनुसन्धान दस्तावेज भनिएको छ । खासगरी समृद्ध भनिने लाहुरेले भोग्नुपरेको पीडा पुस्तक पढेपछि थाहा हुने बुद्धिजीबी परिषद् धनकुटाका अध्यक्ष जेपी भुजेलले बताए ।
पुस्तकको टिप्पणी गर्दै टिप्पणीकार संविधानसभा सदस्य राजकुमार राई र जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले गोर्खा भर्तिको वास्तविकता १ सय ८४ पेजमा समेटिएको बताउँदै बेलायत र भारतिय सेना भर्तिको विषयमा २ सय ३४ वर्षको इतिहास समेटिएको बताए ।
आलोचनात्मक रहेको पुस्तकमा ४ पक्ष समेटिएको छ। पुस्तकमा गोर्खा भर्तीको इतिहास, लाहुरेका कथा व्यथा, विरताको पाटो, नेपाल र बेलायतबाट लाहुरेलाई भएको विभेद र अबको बाटो समेटिएको बताए । पुस्तकमा सन्दर्भ सामग्री सहित १६ वटा शिर्षक रहेको छ । यस्तै, युद्ध भएका स्थान, मारिएका, घाइते भएका र तक्मा पाएकाको विवरण, युद्धमा मारिएकाको कथा समेटिएको छ ।
पुस्तकका लेखक काङमाङ नरेश राईले धेरै लामो समयको मेहनत लगाएर आफूले पुस्तक प्रकाशन गरेको भन्दै आफूले गोर्खा सेनाका दौरानमा देखेका, भोगेका, महशुस गरेका, अनुभव गरेका र विभिन्न सन्दर्भ सामग्रीको आधारमा पुस्तक प्रकाशन गरेको जानकारी दिए ।
भोजपुरमा जन्मेका लेखक राईका ९ वटा कृति प्रकाशन भइसकेका छन् भने ५ वटा प्रतिष्ठित पुरस्कार पाएका छन्। यस्तै, राईले ९ वटा कृति सम्पादन गर्नभएको छ । राई विभिन्न क्षेत्रमा संलग्न रही सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् ।
- dhankutapress