धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/दलित एकता संजाल नेपाल धनकुटाले सामुदायिक बिद्यालयमा अध्यनरत ६९ जना बालबालिकाहरुका लागि शुक्रवार न्यानो पोसाक (कपडा) बितरण गरेको छ ।
संजालले धनकुटा नगरपालिका वडा नं.९ बेलहरा वेंसीमा रहेको बालकल्याण प्राबिमा अध्ययनरत ४५ जना र सिंहदेवी प्रावि रुद्रवारीमा अध्ययनरत २४ जनालाई न्यानो कपडा वितरण गरेको हो ।
संजालले एक औपचारिक कार्यक्रमको आयोजना गरी दलित एकता संजालका केन्द्रिय महासचिव नारायण बिक र नेपाल दलित रास्ट्रिय समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष रबिन्द्र नेपालीको उपस्थितिमा २ वटा विद्यालयका ६९ जना बालबालिकालाई न्यानो कपढा वितरण गरिएको संजालकी धनकुटा सचिव इन्दु दर्नालले बताईन ।
न्यानो कपढा वितरण कार्यक्रममा धनकुटा नगर कार्यपालिका सद्स्यहरु रेजिना हिङमाङ्ग, ज्ञानु राइ, धनपा वार्ड नं. ६ कि वडा सद्स्य मन कुमारि राई, दलित एकता संजाल नेपालकि जिल्ला सदस्य रेनुका रम्तेल, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सन्तोष मगर, दुवै बिद्यालयका प्रअहरु झमक कटुवाल र टेक बहादुर भट्टराई लगायतले न्यानो कपढा वितरण गरेका थिए ।
- Dhankutapress