धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/‘ससामाजिक न्याय र आर्थिक सशक्तिकरण ः मानव बेचविखन निर्मुल’ भन्ने मुल नाराको साथ मानब बेचविखन तथा ओसारपसार विरुद्धको सत्रौं राष्ट्रिय दिवस–०८० को अवसरमा जिल्ला सदरमुकाम धनकुटा वजारमा वुधवार जनचेतनामुलक ¥याली आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा निकालिएको जनचेतनामुलक ¥यालीमा विभिन्न सामाजिक संघ–संस्था, सरकारी कार्यालय, तिनै तहको सुरक्षा निकायको सहभागीता रहेको थियो । विभिन्न जनचेतनामुलक नारा लेखिएको प्लेकार्ड सहित स्थानिय मदनचोकबाट शुरु भएको ¥याली धनकुटा वजारको विभिन्न भागको परिक्रमा पश्चात भीमनारयण चोकमा पुगेर कोणसभा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले मानव वेचविखन विरुद्धको सत्रौं राष्ट्रिय दिवश सफल पारौं, महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार, सामाजिक न्याय, र आर्थिक सशत्तिकरण : मानव वेचविखन निर्मुल, दण्डहिनता अन्त्य गरौं, महिला अधिकार, मानव अधिकार सुनिश्चित गरौं लगायतको नारा लेखिएको जनचेतनामुलक प्लेकार्ड वोकेर वजारको विभिन्न भागको परिक्रमा गरेका थिए ।
वजार परिक्रमा पश्चात धनकुटा न.पा. वडा नं.६ भीमनरयणचोकमा आयोजित कोणसभालाई नि. प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले सम्वोधन गरेका थिए । कोणसभालाई सम्वोधन गर्दै नि.प्रमुख जिल्ला अधिकारी न्यौपाने भने–‘मानव वेचविखन भन्ने वित्तिकै स्वभाविक रुपमा यौनजन्य क्रियाकलाप, मानव अंङ्ग वेचविखन, निष्कृष्ठ श्रम, श्रम शोषण, यौन शोषण आदि पर्दछन ।’ यस्ता कुराले गर्दा मानव वेचविखनसंगै समुदायमा प्रभाव पार्ने इस्युका हिसावले फरक फरक क्रियाकलाप हुन सक्ने भन्दै सहभागी दाजुभाई तथा दिदिवहिनीहरुलाई नि.प्रजिअ न्यौपानेले सचेत गराए । उनले भने–‘वैदेशिक रोजगारीमा पनि समश्या देखिएको छ, एउटा निश्चित कामको लागि श्रम सम्झौता गरेर लगिएको हुन्छ, त्यो भन्दा फरक प्रकृतिको काम दिएर श्रम शोषण गर्नु, यौन शोषण गर्नु पनि मानव वेचविखनको अर्को घतलाग्दो रुप हुन सक्छ भन्दै उनले भने–‘यस्ता कुराबाट सिङ्गो समुदाय सचेत हुनु पर्छ ।’
नेपालको सन्दर्भमा विगत लामो समय देखि समश्याको रुपमा रहेको वताउँदै नि.प्रजिअ न्यौपाने भने–‘मानव वेचविखन भन्नाले परम्परागत रुपमा समाजेले वुझ्ने सोँचाई थियो ।’ यौनजन्य क्रियाकिलाप, निकृष्ठ श्रम जो मानवको लागि जवर्जस्ती गराइएको कारोवारजन्य कृयाकलापलाई मानब बेचविखनको रुपमा लिन सकिन्छ भन्दै यस्ता कृयाकलाप समाजमा हुन नदिनको लागि समाज सचेत हुनु पर्नेमा न्यौपानेले जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय उप–प्रमुख सावित्रा राई, महिला अधिकारकर्मी एवं पहिचानवादी नेतृ पार्वती राई, अन्तरपार्टी महिला संजाल धनकुटाकी अध्यक्ष अम्विका धमला, महिला पुनःस्थापना केन्द्र धनकुटाकी उपाध्यक्ष शुक्री राई, महिला मानव अधिकार रक्षक संंजाल धनकुटाकी भगवती कार्की, पारालिगल धनकुटाकी कोपिला शंकर र हाम्रो वहुमुखी पाठशाला धनकुटाका अध्यक्ष सरोज भुजेल लगायतको उपस्थिति रहेको थियो । साथै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सक्कल दर्जाका अधिकृत तथा जवानहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
मानव वेचविखन तथा ओसारपसार विरुद्धको ¥यालीमा हाम्रो वहुमखी पाठाशालाको साँस्कृतिक प्रश्तुति :
कार्यक्रममा हाम्रो वहुमुखी पाठाशाला धनकुटाले विभिन्न जातजातिको भेषाभुषा लगाएर पाठाशालामा डान्स सिकिरहेका प्रशिक्षार्थिहरुलाई ¥यालीमा सहभागी गराएको थियो । जस्ले गर्दा मानव वेचविखन विरुद्धको जनचेतनामूलक ¥याली साँच्चिकै प्रभावकारी भएको पाइएको छ । जस्ले गर्दा पाठाशालामा डान्स सिकिरेहका भिन्न उमेरका बालबालिका तथा किशोर, किशोरीहरुलाई मानव वेचविखन कसरी भई रहेको छ, मानव वेचविखन भनेको के हो ? कस्ले गर्छ, किन हुन्छ आदिको वारेमा राम्रो ज्ञान भएको छ ।
हाम्रो वहुमुखी पाठाशाला धनकुटाका अध्यक्ष सरोज भूजेलले भने–‘कहिल्यै पनि यस्ता सचेतनामुलक ¥यालीमा ननिस्किएका बालबालिकाहरुलाई केहि न केहि नयाँ कुरा सिक्ने अवसर मिलेको छ ।’ उनले भने–‘स्थानिय प्रशासन, जिल्ला समन्वय समिति, नगरपालिका, सुरक्षा निकायहरुले आयोजना गर्ने सार्वजानिक कार्यक्रमहरुमा पाठाशालाले साँस्कृतिक कृयाकलापहरुमा सहयोग गर्दै आएको छ ।’
अन्य तस्विरहरु :






- Dhankutapress