Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

धनकुटाको मुलघाट नजिकैको जंगलमा माइक्रो वस दुर्घटना

दुर्घटना हुनुमा चालकको लापर्वाही–यात्रु

  •   २ हप्ता अघि | ८ बैशाख २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/काठमाण्डौंबाट संखुवासभा जाँदै गरेको माईक्रोवस सनिवार राती भेडेटार धनकुटा सडक खण्डको मुलघाटमा दुर्घटना भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार सनिवार राती २ बजे वा. ५ ख. ७२४ नम्वरको संखुवासभा जाँदै गरेको माईक्रोवस मुलघाट नजिकैको जंगलमा दुर्घटना भएको हो । दुर्घटनामा परि माईक्रो वसमा सवार अधिकांश घाईते भएका छन् । 

दुर्घटनामा परि खाँदवारी नगरपालिका वडा नं.५ माल्टा घरभएकी वर्ष ५९ की दुर्गा देवी राई गम्भिर घाईते भएकी छन् । उनको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उनको दाहिने हात भाँचिएको जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षले जनाएको छ । १२ जना भन्दा वढी घाईते दुर्घटना स्थल मुलघाटबाटै विपि तर्फ पठाइएको प्रहरीले जनाएको छ । 

जिल्ला अस्पताल धनकुटामा सामन्य उपचार गरिरहेका पाँचखपन नगरपालिका वडा नं.६ घर भएका वर्ष ३९ का सूमन श्रेष्ठ, खाँदवारी न.पा.वडा नं.१ का वर्ष ३५ का अल्का भण्डारी, सोही वडा वस्ने वर्ष ७ का अशिन तिम्सिना, भोटखोला गाउँपालिका वडा नं.४ घर भएका वर्ष ३५ लविना राई र भोजपुर षडानन्द नगरपालिका वडा नं.५ फुर्केथला घर भएका वर्ष ६५ का कृष्ण वहादुर दाहालको जिल्ला अस्पताल धनकुटामा उपचार भैरहेको छ । 

अन्य घाईतेहरुमा खोटाङ्ग दिक्तेल–१ वस्ने वर्ष ४२ को कल्पना थापा, खाँदवारी–१ वस्ने वर्ष २७ की अनुरा मास्के,चितवन कालिका न.पा.–६ वस्ने वर्ष ३७ को अर्जुन घिसिङ, काठमाण्डौ महानगर–१६ वस्ने वर्ष सृजना गुरुङ्ग, धनपा–१ वस्ने वर्ष ५५ का गंगाराम गोम्देन, धनकुटा–३ का रंजना राना, वेलवारी–११ वस्ने वर्ष २५ का अमर सुवेदी, काठमाण्डौं महानगर–१९ का वर्ष–५० का सीता राई, धनकुटा–९ का वर्ष ३३ का सविता राई, धनपा–९ कै वर्ष ३३ का सूर्य वहादुर राई, कानेपोखरी–३ का वर्ष ३५ का लेखराज गिरी, काठमाण्डौं महानगर–१६ का वर्ष–५८ का रत्न राना मगर, वडा नं.३१ का वर्ष ४३ को कविता राई,वडा नं.१० वस्ने वर्ष ३१ को दुर्गा घिमिरे सामान्य घाईते भएका छन् ।  

उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । अन्य घाईतेको नाम, वतन खुल्न सकेको छैन । दुर्घटनामा परि घाईते भई जिल्ला अस्पताल धनकुटामा उपचार गरिरहेका सूमन श्रेष्ठले भने–’म आफू डाईभर बस्ने सिट नजिकैको अगाडीको सिटमा वसेको थिए, मूलघाटको तमोरको पुलसम्म ठिकै थियो, त्यहि वेला निधाएछु, एक्कासी ड्याम्म आवाज आएको मात्र थाहा भयो, माईक्रो कति भल्ड्याङ्ग खायो थाहा भएन ।’ उनले भने–काठमाण्डौंबाट अगाडीको सिटमा २ जना चढाएर ल्याएको र सिन्धुलीबाट थप एक जना महिला हालेर ३ जना खचाखच गरेर ल्याएको बताए । दुर्घटना कसरी भयो थाहा नभएको श्रेष्ठले वताए । 

अर्का घाईते षडानन्द नगरपालिका वडा न.५ फुर्केसल्ला घर भएका वर्ष ६५ का कृष्ण वहादुर दाहालले आफू जिन्दगीमा पहिलो पटक दुर्घटनामा परेको बताए । चालकको लापार्वहीले गर्दा आफूहरु दुर्घटनामा परेको बताएका छन् । उनले माइक्रोको अघिल्लो भागमा चालक सहित वढीमा दुई जनालाई मात्र राखेर ल्याउनु पर्नेमा सिन्धुलीबाट जवर्जस्ती १ जना महिला थप गरि ४ जना ल्याएकोले दुर्घटना भएको बताएका छन् । माईक्रो वसका चालक हरिशरण आले मगरलाइ जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । रातीको समयमा दुर्घटना भएकाले विपि क्याम्प पठाएको विरामीहरुको नाम खुल्न नसकेको मुलघाट प्रहरी चौकीका इन्चार्ज राजेन्द्र पाण्डेले बताए ।  

  • Dhankutapress

थप