धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिको उदयपुरको गाईघाटमा सोमवार सम्पन्न तेश्रो प्रदेशसभा तथा अधिवेशनले अमित तामाङलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको छ ।
तामाङ पत्रकार संघको महिला उपाध्यक्षमा मकर तामाङ (भोजपुर), सचिवमा सन्तोषकला तामाङ (उदयपुर), सह–सचिवमा तिलक तामाङ (झापा) र कोषाध्यक्षमा जनु तामाङ (धनकुटा) लाई चयन गरिएको छ ।
१ नम्वर प्रदेशको विभिन्न जिल्लाबाट सहभागी भएका तामाङ पत्रकारका प्रतिनिधिहरु मध्येबाट सदस्यहरुमा मेघराज तामाङ (संखुवासभा), सनम तामाङ (सुनसरी), अशोक तामाङ (उदयपुर) र तारा तामाङ (भोजपुर) लाई चयन गरिएको छ । वाँकी प्रदेस कार्य समितिमा सदस्यहरु पछि पदपुर्ति गरिने नवनिर्वाचित अध्यक्ष अमित तामाङले बताएका छन् । तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष मोहन तामाङको अध्यक्षतमा सम्पन्न संघको उद्धघाटन सत्र संघका संघीय उपाध्यक्ष विश्वराज तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।
संघको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि विश्वराज तामाङले भने–‘तामाङ पत्रकार संघ वि.सं.२०६१ सालमा स्थापना भएर पत्रकारिता जस्तो सशक्त र महत्वपुर्ण क्षेत्रमा तामाङका छोराछोरीहरु अगाडी वढ्नु पाउनु खुशिको कुरा हो ।’ तामाङले थपे–‘पछिल्लो समयमा तामाङहरु पत्रकारितामा संगठित भएर अघि वढ्ने जुन वातरवरण तामाङ पत्रकार संघले ग¥यो त्यो आफैमा मुलुकको लागी सकरात्मक पक्ष हो ।’ उनले तामाङ पत्रकारहरुलाई मिसन पत्रकारिता गर्नु पर्नेमा जोड दिए । उनले पत्रकारिताको माध्यामबाट पछि परेका समुदायको हकअधिकार स्थापित गर्न सक्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा बोल्दै कार्यक्रमका विशेष अतिथि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष एवं तामाङ पत्रकार संघ प्रदेस समितिका संस्थापक अध्यक्ष सन्तवीर लामाले आदिवासी जनजाति पत्रकारहरुले कलम चलाउँदा संचारमा पहिचान स्थापित हुने गरी पत्रकारिता गर्नु पर्नेमा जोड दिए । उनले आदिवासी जनजातिहरु आफ्नो पेशा प्रति इमान्दार भएर काम गर्न सके संचारमा पहिचान स्थापित गरेर समावेशी पत्रकारिता र मिडियाको क्षेत्रमा धेरै काम गर्न सकिने दाबी गरे ।
सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिका पुर्व सल्लाहकार एवं अग्रज पत्रकार संजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोख्रेल, तामाङ पत्रकार संघका प्रदेश सल्लाहकार इश्वर तामाङ, अग्रज दिलवहादुर तामाङ, तामाङ पत्रकार संघ संखुवासभाका अध्यक्ष मेघराज तामाङ, प्रदेश उपाध्यक्ष मकर तामाङ, भोजपुर अध्यक्ष शारादा तामाङ, फोटो पत्रकार संघ उदयपुरका अध्यक्ष देवराज राई, प्रेस चौतारीका उदयपुर अध्यक्ष पुरुशोक्तम साप्कोटा, नेपाल पत्रकार महासंघ प्रदेश पार्षद किरण ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
- dhankutapress