Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रदेशको नाम कोशी खारेजी माग राख्दै ललितपुरमा बिशाल र्‍याली गर्ने

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाडौँ/यही भाद्र १७ गते प्रदेशको नाम कोशी खारेजी माग राख्दै ललितपुरको जाउलाखेलमा बिशाल र्‍याली गर्ने भएको छ। किरात याक्थुङ चुम्लुङ्को ३५ औ स्थापना दिवसको अवसरमा उक्त र्‍याली गर्न लागेको चुम्लुङका महासचिव निरंती तुम्बापोले बताए।

महासचिव निरंती तुम्बापोका अनुसार किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको उपलक्ष्यमा ५ दिनको दिवस सम्पन्न गर्दै भाद्र १७ गते बिहान ११ बजे ललितपुरको जाउलाखेल पार्क देखी चुम्लुङ हिमसम्म बिशाल र्‍याली गर्ने तयारी गरेको बताए।

महासचिव तुम्बापोले भने ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन निरन्तर चलि रहेको छ। यसमा किरात याक्थुङ चुम्लुङ सधै साथ, समर्थन र सहभागी हुदै आएको छ। किरात याक्थुङ चुम्लुङ्को ३५ औ स्थापना दिवसको अवसरमा पनि बिरोद्ध स्वरुप उक्त र्‍याली गर्नु लागेका हौ।’

२०७९ फाल्गुन १७ गते तत्त्कालिन एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले ८२ जना संसदले हस्ताक्षर गरी प्रदेश १ लाई कोशी प्रदेश नानाकरण गरे पछी पहिचान पक्षधरहरुले उक्त नाम खारेज गरि पहिचानको आधारमा पुनः नामङ्कन गर्नु पर्ने भन्दै निरन्तर आन्दोलन गर्दै आइरहेको छन्। जसमा किरात याक्थुङ चुम्लुङ पनि प्रदेश १, पुनःनामाङ्कन संयुक्त सङघर्स समितिको एक घटक हो।

आन्दोलनको क्रममा ०७९ चैत्र ५ गते बिराटनगरमा भएको बृहत जनप्रदर्शन हुदा प्रहरीसंगको दोहोरो झडपमा पदम लिम्बु “लाजेहाङ” ले शाहदत प्राप्त गरेका थिए । त्यस्तै, प्रदेश १, पुनः नामाङ्कन संयुक्त सङघर्स समितिको अनुसार २५० भन्दा धेरै घाइते भएको जनाएको छ। सङघर्स समितिले प्रदेशको नाम कोशी खारेजी नभएसम्म निरन्तार आन्दोलन जारी राख्ने बताएको छ।

  • Dhankutapress

थप