Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

भीमदल गणमा वडादशैंको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/भीमदल गण धनकुटाले बडादशैं, शुभ दिपवली, नेपाल सम्वत, छठ पर्वको आगमनसंगै मंगलबार साँझ शुभकामना आदन प्रदान, बडाभोज तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 

प्रमुख सेनानी गणपती सुमन थापाले गणमा कार्यरत रहेका जो अशोज महिनामा जन्मिएका अधिकृत एवं सकलदर्जाका जवानहरुको जन्मोत्सवको अवसरमा केक् काटेर कार्यक्रमको समुद्धघाटन गरेका थिए । कार्यक्रम समुद्धघाटनसंगै गणपती थापाले जन्मोत्सव मनाइएका अधिकृत एवं सकल दर्जाका जवानहरुलाई उपहार समेत प्रदान गरे ।

शुभकामना आदन प्रदान कार्यक्रममा सहभागी अतिथिहरुलाई गणको तर्फबाट स्वागत गर्दै गणपती थापाले भने–‘चाडपर्वमा पनि नेपाली सेना आफ्नो काम कर्तव्य र जिम्मेवारीबाट कहिल्यै पछि हट्दैन ।’ उनले चाडपर्वको समयमा नेपाली सेनाले विदा कम पाउने, भैपरी आउने प्राकृतिक विपत्तिमा देश र जनताको सेवा गर्नु पर्ने भएकाले घर विर्सेर व्यारेक मै रमाउनको लागि विशेष कार्यक्रम आयोजना गर्ने गरिएको बताए । 

प्रमुख सेनानी थापाले गणमा कार्यरत जति पनि अधिकृत तथा सकलदर्जाका जवानहरुलाई व्यारेक भित्रै रमाउने वातवराण सृजना गर्न हरेक वर्ष सेनाले आफ्नो व्यारेकमा दशैंको अवसरमा वडाभोज, गीत संगीतका कार्यक्रम आयोजना गर्ने गरेको स्पष्ट पारे ।

कार्यक्रममा जिल्ला  समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले शुभकानमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, भुपू नेपाली सेनाका प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक संघ, संस्थाका प्रमुख एवं प्रतिनिधिहरु र स्थानिय संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा गणमा कार्यरत सकल दर्जाका जवानहरुले गीत, संगीत, नृत्य, दोहोरी गीत, परम्परा देखीको छली नृत्य समेत प्रश्तुत् गरेका थिए । 


  • Dhankutapress

थप