Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आठराईको कर्कलेमा आगलागी,१० घर जलेर नष्ट

बन डडेलोले पाईप डडेपछि कर्कले गाउँमा खानेपानको अभाव

  •   २ वर्ष अघि | १९ चैत्र २०८१, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

आठराई/तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं.७ कर्कलेमा मंगलवार दिउँसो जंगलमा लागेको डडेलो फैलिएर गाउँ पस्ता १० घर जलेर नष्ट भएको छ । 

चार दिन अघि सोही वडाको खेपुवा दोभानबाट लागेको आगो ढोडेनी, मार्साङ्गवारी, खाल्डे, खैरेनी, ओडारे, चुचेढुङ्गा, घुमाउने, जोरसाल हुँदै फैलिएर कर्कले गाउँमा पसेको हो । अत्याधिक हावाहुरीको कारण बन डडेलो फैलिएर गाउँमा आगलागी भएको स्थानिय तुलसीराम धमलाले जानकारी दिएका छन् । बन डडेलोको कारण स्थानिय प्रसादसिं तामाङ र खाण्डो लामाको घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । अन्य ८ घर भने मानब बिहिनहरु जलेका हुन् । अन्य मानब बिसोवास नभएको घरहरुमा दलवहादुर घिसिङ तामाङ, देउमान घिसिङ तामाङ, विर्ख बहादुर बल तामाङ, बिर्जुलाल घिसिङ तामाङ, जंगवहादुर स्याङ्गबा तामाङ रहेका छन् । त्यसैगरी सोही वडाका रानीचौतारा र डोप्किलेमा वुद्धिमान सिवा, महानन्द फुयल, कमल प्रसाद बास्तोला, मुक्तिनाथ फुयलको घर पनि जलेर पूर्णरुपमा खरानी भएको छ । यी घरका मान्छे भने केहि वर्ष पहिले नै तराईका विभिन्न जिल्लामा बसाँई सरेर गएका छन् । आगलागीको कारण अन्नपात, भाँडा, वर्तन, लत्ताकपडा जलेर नष्ट भएका छन् । आगलागीले टिनको छाना भएको प्रसादसिं तामाङको १ घर र अन्य खरको छाना भएको ९ घर जलेर नष्ट भएको हो । आगलागीको कारण के कति क्षति भयो भन्ने बिबरण आउन सकेको छैन । आठराई गाउँपालिकाले वुधवार (आज) राहात वितरण गर्ने तयारी भैरहेको छ । आजै प्रहरीले आगलागी गर्दा भएको क्षतिको बिबरण लिने तयारी भैरहेको स्थानिय तुलसीराम धमलाले जानकारी दिएका छन् ।आगलागी पछि खानेपानीको हाहाकार मच्चिएको छ । फाक्चुवा खोलाबाट ल्याएको खानेपानीको पाईप समेत बन डडेलोले जलेर नष्ट भएपछि कर्कले आउने खानेपानी आपुर्ति टुटेको हो । फाक्चुवा खोलाको पानी आपुर्ति नहुँदा तमोर कोया खोलाको पानी बोकेर खान वाध्य हुनु पर्ने स्थिति छ । कर्कलेका बन डडेलो पिडित परिवार राहातको पर्खाइमा रहेका छन् । 

  • dhankutapress

थप