Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग

  •   २ महिना अघि | ११ असोज २०८०, बिहिबार

धनकुटा प्रेस अनलाई खबर सम्वाददाता 

धनकुटा/नेपाल निर्माण व्यवसायी संघ धनकुटाले निर्माण ंंंंंंव्यवसायीलाई कार्यस्थल मै कालो मोसो दल्ने अराजक समूहलाई कार्वाहीको माग गरेको छ । 

धनकुटाको हिलेमा कभर्डहलको निर्माण कार्य गरिरहेको मालिका जेभी कन्ट्रक्सन कोटेश्वर काठमाण्डौंका मुख्य व्यवस्थापक निर्माण व्यवसायी चुलवहादुर कार्कीले आफू माथि अन्याय परेको भन्दै निवेदन दिए पछि संघले दोषी उपर वुधवार विज्ञप्ति जारी गरेर कार्वाहीको माग गरेको हो । 

संघका अध्यक्ष प्रकाश थुलुङले वुधवार एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘मालिका जेभी कन्ट्रक्सनले शहरी विकास तथा भवन निर्माण कार्यलय धनकुटाको धनपा–१ हिलेमा वहुउदेश्यीय कभर्डहल निर्माण गरिरहेको थियो ।’ उक्त कन्ट्रक्सनका निर्माण व्यवसायी चुलवहादुर कार्कीलाई क्रान्तिकारी कम्यूनिष्ट पार्टीको नाममा ९÷१० जनाको समूहले कालोमोसो दल्नुको साथै हातपात गरी घाईते समेत बनाई फरार रहेको घट्नाको गम्भिर ध्यानकर्षण भएको भन्दै विज्ञप्तिमा राईले जनाएका छन् । 

विज्ञप्तिमा अशोज–९ गते मंगलवारका दिन क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालको लेटरप्याडमा भौतिक कार्वाही गरिएको भनि मोहन घले संयोजक रहेको पत्र समेथ पिडित कार्कीलाई दिएको उल्लेख छ । विगत देखि नै उक्त समूहले चन्दा मागि रहेको र चन्दा नदिएको कारण घट्ना घटेको व्यहोरा पिडित कार्कीको निवेदनमा उल्लेख भएकोले घट्ना निन्दनीय भएको संघको ठम्याई छ । ‘घट्ना प्रचलित ऐन कानून् विपरित भएकाले घोर भत्र्सना गर्दछौं’–अध्यक्ष राईद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।


घट्नाले निर्माण व्यवसायी माथि सुरक्षाको चिन्ता वढेको, स्थानिय प्रहरी प्रशासन र काम लगाउने कार्यालयले सुरक्षा दिन नसकेको महशुस गर्दै घट्नामा संलग्नलाई चाँडो भन्दा चाँडो कार्वाही गर्न माग गरेका छन् । दोषीलाई कानुन् वमोजिम कार्वाही र पिडितलाई न्याय दिलाउन माग गर्दछौं, अन्यथा धनकुटा जिल्लामा संगठित भएर निर्माण कार्य गरीरहेको निर्माण व्यवसायीले अनिश्चित कालको लागि काम ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । 

‘संविधान प्रद्धत ऐन, कानुन् विपरित कानुन् हातमा लिन खोज्ने अराज समूहको गैह्रकानूनी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन तिनै तहको सरकार र जिल्ला प्रशासन कार्यालय धनकुटालाई माग गर्दछौं ।’–विज्ञप्तिको अन्त्यमा भनिएको छ । 

  • Dhankutapress

थप