Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

दुग्ध व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/विगत ६ महिना देखी भुक्तानी नपाएका धनकुटाका दूध उत्पादक किसानहरुले जिल्ला प्रशासन कार्यालयमा सोमवार दुई घण्टा धर्ना दिएका छन् । 

जिल्ला प्रशासन कार्यालय धनकुटाको मूलगेटमा जिल्लाका विभिन्न पालिकाका १ सय ५० भन्दा बढी किसानहरुले सोमबार बिहान १० देखि १२ बजेसम्म दुई घण्टा धर्ना दिएका हुन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत पठाएका छन् । दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको डिडिसी लगायतका अन्य डेरी उद्योगीहरुले विगत ६ महिना अघिदेखि ६ अर्ब भन्दा बढी भुक्तानी बक्यौता रहेको केन्द्रिय दुग्घ सहकारी संघ लि. नेपालका अध्यक्ष अम्बरवहादुर कुँवरको भनाई छ । 

संघले आगामी फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारीको संघहरुको नेतृत्वमा बिहान १० देखि १२ बजेसम्म दुई घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्का जाम र २१ गते देशभरका किसानहरुलाई माइतीघर मण्डलामा भेला गराएर धर्ना तथा विरोधको कार्यक्रम तय गरेको छ ।

धनकुटा जिल्लामा भने विभिन्न पालिका भित्र रहेको २६ वटा सहकारीको विगत ६ महिना देखीको १२ करोड डिडिसीसंग भुक्तानी वाँकी रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारद कटुवालले बताए । उनले आफूहरुको दुध्को भुक्तानी नभएसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने बताए । 


  • Dhankutapress

थप